• २०८१ बैशाख ८ शनिबार

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आन्तरिक र अन्तर्राष्ट्रिय सबै उडान सुचारु 

kharibot

तस्बीर : रासस

काठमाडौं । मालिन्दो एयरको विमान दुर्घटनामा परेपछि बिहीबार रातिदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बन्द भएको अन्तराष्ट्रिय उडान सुचारु भएको छ । 

आन्तरिक उडान सुचारु भएको केहि घन्टामा अन्तर्राष्ट्रिय उडान पनि सुचारु भएको विमानस्थलले जनाएको छ । 

मालिन्दोको विमान बिहीबार राति उडानका क्रममा अनियन्त्रित हुदै धावनमार्गबाट चिप्लिएर घाँसे मैदानमा पुगेपछि राष्ट्रिय तथा अन्तराष्ट्रिय उडान बन्द भएका थिए  ।

विमानस्थल कार्यालयले बिहीबार रातिदेखि गरेको निरन्तर प्रयासबाट शुक्रबार बिहान सवा १० बजे विमानलाई धावनमार्गमा तानिएको थियो।

उड्ने तयारीमा रहेको रनवेमा मोडिएर उत्तरतर्फ लाग्ने बेलामा अगाडिको टायरमा समस्या आएपछि जहाज धावनमार्गबाट चिप्लिएर घाँसे मैदानमा पुगेको थियो । 

घटनापछि उद्दारका लागि पुगेका सुरक्षाकर्मी र विमानस्थलका कर्मचारीले सबै यात्रुलाई सकुशल निकालेका थिए ।  

विमानमा चालक दलका सदस्य सहित १३९ यात्रु सवार थिए ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै