• २०८१ बैशाख ८ शनिबार

मेगा बैंकको हकप्रद भदौ २७ गते

kharibot

काठमाडौ । मेगा बैैकले दुई अर्ब ९७ करोड ८५ लाख ३४ हजार छ सय ३० रुपैयाँ बराबरको हकप्रद सेयर निष्काशन गर्ने भएको छ ।

बैकले पुंजी बृद्धिको लागि हाल कायम रहेको चुक्ता पुंजी चार अर्ब ५८ करोड २३ लाख १३ हजार १९ रुपैयाँ मध्येबाट एक सय रुपैयाँ अंंकित मुल्य कायम रहने गरी १० बराबर छ दसमलव पाँचको अनुपातमा  दुई करोड ९७ लाख ८५ हजार ३४ दसमलव ६३ कित्ता हकप्रद सेयर जारी गर्न लागेको हो । 

सेयर निष्काशन तथा बिक्री प्रवन्धक नविल इन्भेष्टमेन्ट बैकिङ मार्फत यही भदौ २७ गतेबाट खुल्ला हुने हकप्रद सेयरको बिक्री कार्य असोज ३० गतेसम्म जारी रहने छ ।

अधिकृत पुंजी १० अर्ब तथा जारी पुंजी सात अर्ब ५६ करोड आठ लाख १६ हजार चार सय ८१ रुपैयाँ रहेको बैकको हकप्रद सेयरको बिक्री पश्चात भने चुक्ता पुंजी सात अर्ब ५६ करोड आठ लाख १६ हजार चार सय १४ रुपैयाँ पुग्ने छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै