• २०८१ बैशाख ८ शनिबार

काँग्रेसमा दुई बर्षपछि पदाधिकारी नियुक्तिको तयारी, को को छन् दाबेदार ?

kharibot

काठमाडौँ । गत  चैत १६ गतेदेखि स्थगित भएको नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आजदेखि फेरि सुरु हुँदैछ । 

बैठक विहान ११ बजे केन्द्रीय कार्यालय सानेपामा बोलाइएको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिएका छन् । केन्द्रीय सदस्य खुमबहादुर खड्काको निधन भएपछि चैत १६ गतेदेखि बैठक स्थगित गरिएको थियो । 

बैठकमा यसअघि बोल्न बाँकी सदस्यले धारणा राख्नेछन् । बैठकमा अहिलेसम्म ४२ केन्द्रीय सदस्यले धारणा राखिसकेका छन् ।  

अहिलेसम्म बैठकमा निर्वाचनमा भएको हारको विषयलाई मुख्य विषय बनाइएको छ भने धेरै जसोले नेतृत्वको आलोचना गरेका छन् ।

यसै बैठकमा युवा नेताहरु गगन थापा, धनराज गुरुङ, गुरुराज घिमिरे, प्रदीप पौडेल, कल्याण गुरुङलगायत नेताले पार्टीलाई नयाँ किसिमले संचालन गर्नुपर्ने भन्दै विशेष प्रस्ताव पेश गर्ने तयारी गरेको बताइएको छ । 

पदाधिकारीमा कसको छ दाबी ?

यसै बैठकमा सभापति शेरवहादुर देउवाले पदाधिकारी मनोनयन गर्ने प्रस्ताव पनि पेश गर्ने भएका छन् । काँग्रेस नेता डा. प्रकाश शरण महतले विहिबार एक कार्यक्रममा यसै बैठकले काँग्रेसको पदाधिकारी नियुक्ति गर्ने बताएका थिए ।  

महाधिवेशन सकिएको दुई बर्ष बितिसक्दा पनि काँग्रेस पदाधिकारी विहिन रहेको छ । यसैबीच आज देखि बस्न लागेको केन्द्रीय समितिको बैठकमा सभापति देउवाले पदाधिकारी नियुक्ति गर्ने प्रस्ताव लैजाने बताइएको छ । काँग्रेसको विधान अनुसार सभापतिले एक उपसभापति, एक महामन्त्री र एक सहमहामन्त्री मनोनित गर्न पाउने व्यवस्था रहेको छ । सोहि अनुसार देउवाले पदाधिकारी नियुक्तिको तयारी गरेका हुन् ।  

उपसभापतिमा देउवा पक्षीय नेताहरु विमलेन्द्र निधी र गोपालमान श्रेष्ठको प्रमुख दाबेदारी रहेको छ । देउवाको विरोध गरिरहेका डा. शेखर कोइरालाको नाम पनि चर्चामा रहेको छ ।

यद्यपी उपसभापति निधी र श्रेष्ठ मध्येबाटै हुने देउवा निकट नेताहरुले बताउदै आएका छन् । त्यसैगरी पौडेल पक्षीय नेताहरुले पनि सभापति देउवाको कडा आलोचना गर्दै नेतृत्व परिवर्तनको माग गर्दै आएका छन् । पौडेल समुहका नेता प्रकाशमान सिंह सभापति देउवाप्रति निकै आक्रामक रुपमा प्रस्तुत हुदै आएका छन् । पुर्वउपसभापति समेत रहेका सिंह देउवा धेरै उदार भएमा मात्र उपसभापति बन्ने देखिन्छ । 

सभापति देउवाले युवा नेता विश्वप्रकाश शर्मालाई प्रवक्तामा नियुक्त गरेर युवाहरुलाई समेट्न खोजेको सन्देस दिएपनि उनले आफ्नै पक्षका नेताहरुलाई नै पदाधिकारीमा ल्याउने तयारी गरेको बुझिएको छ । महामन्त्रीमा भने धेरै आकांक्षी देखिएका छन् । पूर्णबहादुर खड्का, ज्ञानेन्द्रबहादुर कार्की, बालकृष्ण खाण लगायतले महामन्त्रीका लागि आकांक्षा देखाएको बुझिएको छ ।

सभापति देउवालाई आफ्नै समुहका नेतालाई व्यवस्थापन गर्न गार्हो भइरहेको बताइएको छ । उनले सहमहामन्त्री पौडेल समुहलाई दिएर उपसभापति र महामन्त्री आफ्नो समुहका नेतालाई दिने तयारी गरेको बुझिएको छ । 

हाल निर्वाचित महामन्त्री डा. शशांक कोइरालाले पौडेल समुहबाट निर्वाचन जितेपनि पछिल्लो समय उनी सभापति देउवालाई साथ दिदै आएको देखिएको छ । कोषाध्यक्षमा निर्वाचित सितादेवी यादव भने पौडेल समुहकी हुन् ।   

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै