• २०८१ बैशाख १२ बुधबार

मालिन्दो एयरको विमान ठूलो दुर्घटनाबाट बच्यो, १३९ यात्रुसहित चालकदलका सदस्य सकुशल

kharibot

धावनमार्ग छाडेर चौरमा पुगेको मालिन्दो एयरको विमान

काठमाडौँ । काठमाडौंबाट मलेसियाको क्वालालम्पुरतर्फ उड्न लागेको मालिन्दो एयरको विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ठूलो दुर्घटनाबाट बचेको छ ।

गएराती ९:४५ बजे मलेसियाको क्वालालम्पुरका लागि उड्न लाग्दा अनियन्त्रित भएर धावनमार्ग छाडेर चौरमा पुगेको थियो । 

विमान उडान भर्नेक्रममा मोडिएर पुनः त्तरी क्षेत्रतर्फ आउने बेला रनवे मै अनियन्त्रित हुदै धावनमार्ग छाडेर करिब १३९ फिट पर पुगेर भासिएको विमानस्थलले जानकारी दिएको छ ।

विमानमा सवार १३९ यात्रु र चालक दलका सदस्य सकुशल रहेका छन् । जहाजको अघिल्लो भाग जमिनमा जोतिएपछि उद्धारकर्मीको टोलीले तत्काल उद्धार गरेका थिए । 

अग्नि नियन्त्रक, एम्बुलेन्स, सुरक्षाकर्मीसहित ठूलो संख्यामा उद्धारकर्मी तत्काल जहाज भएको ठाउँमा पुगेका थिए । उनीहरुले सबै यात्रुहरुलाई ओरालेका थिए ।

मालिन्दोको उडानलगत्तै अवतरण गर्न तयार भएका जेट एयरवेज र मलेसियन एयरका विमान विमन्स्थ्ल अवरुद्ध भएपछि जेट एयरवेज दिल्ली फर्किएको थियो भने मलेसियन एयर बंगलादेशको ढाका गएको थियो ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै