• २०८१ बैशाख १२ बुधबार

क्रिस गेलले हाने आइपिएलमा यस सिजनको पहिलो शतक, गेलको नाममा छन् यस्ता रेकर्ड 

kharibot

काठमाडौँ । आइपिएलमा किंग्स इलेभेन पंजावबाट खेल्ने वेस्टइण्डिजका ब्याट्सम्यान क्रिस गेलले यस सिजनको पहिलो शतक हानेका छन् । 

गएराती सनराइजर्स हैदरावादविरुद्धको खेलमा गेलले यस आइपिएलको पहिलो शतक हानेका हुन् । गेलले कुल ६३ बल खेल्दै १०४ रन नट आउट बनाएका थिए । आफ्नो शतकीय पारीमा गेलले कुल ११ छक्का र एक चौका हानेका थिए ।

यससगै गेलले आइपिएलमा ६ शतक हानेका छन् । आइपिएलमा अहिलेसम्म सबैभन्दा धेरै शतक हान्ने रेकर्ड गेलकै नाममा रहेको छ । गेलपछि दोस्रो स्थानमा विराट कोहलीले ४ शतक हानेका छन् । त्यस्तै आइपिएलमा डेभिड वार्नर र एबि डिवीलियर्सले ३-३ शतक हानेका छन् भने ब्रेण्डम म्यकुलम, विरेन्द्र सहवाग र शेन वाटशनले २-२ शतक हानेका छन् ।  

त्यस्तै आइपिएलमा सबैभन्दा बढी छक्का हान्ने रेकर्ड वेस्टइण्डिजका क्रिस गेलको नाममा रहेको छ । गेलले १०३ खेलमा कुल २८० छक्का हानेका छन् ।  

त्यस्तै गेलको नाममा एकै पारीमा धेरै छक्का हान्ने रेकर्ड पनि रहेको छ ।  गेलले २०१३ मा पुनेको विरुद्ध १७५ रन बनाउदा १७ छक्का हानेका थिए । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै