• २०८१ बैशाख १३ बिहीबार

क्रिस गेलको सतकीय पारीले हैदरावादमाथि पंजावको जित 

kharibot

काठमाडौँ । आइपिएल अन्तर्गत किंग्स इलेभेन पंजावले सनराइजर्स हैदरावादलाई पराजित गरेको छ । गएराती भएको खेलमा पंजावले हैदरावादलाई १५ रनले पराजित गरेको हो ।

पंजावले दिएको १९४ रन पछ्याएको हैदरावादले २० ओभरमा १७८ रन मात्र बनाएपछि खेल १५ रनले हारेको हो । हैदरावादको यस सिजनको चौथो खेलमा पहिलो हार हो भने पंजावले ४ खेलमा तेस्रो जित हासिल गरेको छ ।

हैदरावादका लागि यस खेलमा मनिष पाण्डेले सर्वाधिक ५७ रन बनाए बहने कप्तान केन विलियम्सनले ५४ रन बनाएका थिए । त्यस्तै सकिव अल हसनले २४ र युसुफ पठानले १८ रन बनाएका थिए । यस खेलमा हैदरावादले आफ्ना प्रमुख ब्याट्सम्यान सिखर धवनको हातमा बलले लागेपछि रिटायर हर्ट हुदा गुमाउनु परेको थियो । 

पंजावका लागि मोहित शर्मा र एन्ड्रीयु टारेले २-२ विकेट लिएका थिए । 

यसअघि टस जितेर पहिला ब्याटिंग गरेको पंजावले २० ओभरमा ३ विकेट गुमाउदै १९३ रन बनाएको थियो ।  पंजावको पारीमा क्रिस गेलले सर्वाधिक १०४ रन बनाएका थिए भने करुण नायरले ३१, केएल राहुलले १८ र एरोन फिंचले १४ रन बनाएका थिए । 

खेलको म्यान अफ द म्याच यस सिजनको आइपिएलको पहिलो शतक हानेका क्रिस गेल बनेका थिए । 

आइपिएल अन्तर्गत आज चेन्नई सुपर किंग्स र राजस्थान रोयल्सबीच हुदै छ ।  
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै