• २०८१ बैशाख १३ बिहीबार

तीन दिनभित्र कर्मचारीको विवरण पठाउन सामान्य प्रशासन मन्त्रालयको निर्देशन

kharibot

काठमाडौँ  । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले तीन दिनभित्र सबै स्थानीय तहलाई रिक्त कर्मचारी र पदपूर्तिको विवरण उपलब्ध गराउन निर्देशन दिएको छ । 

स्थानीय तहमा अपुग कर्मचारी पठाउन मन्त्रालयले सबै स्थानीय तहलाई निजामती कर्मचारी र साविक स्थानीय निकायका कर्मचारीको रिक्त कर्मचारी र पदपूर्ति विवरण उपलब्ध गराउन निर्देशन दिँदै आज पत्र पठाएको मन्त्रालय, कर्मचारी प्रशासन तथा आन्तरिक व्यवस्थापन शाखाका शाखा अधिकृत रुद्रलाल भुसालले जानकारी दिए । 

मन्त्रालयले मन्त्रिपरिषद्को गत चैत १४ गतेको बैठकले स्थानीय तहको आन्तरिक संगठन संरचना तथा कर्मचारीको दरबन्दी स्वीकृत गरेपछि कर्मचारी पठाउन तयारी गरेको हो ।

सरकारले करीब ५७ हजार ३३४ कर्मचारीको दरबन्दी स्थानीय तहका लागि स्वीकृत गरेको छ । मन्त्रालयले यसअघि पनि पटक पटक स्थानीय तहलाई विवरण पठाउन भने तापनि अटेर गरेपछि अहिले तीन दिनभित्रको समयसीमा तोकेर कर्मचारी पठाउन पत्र पठाएको शाखा अधिकृत भुसालले बताए । 

मन्त्रालयले जिल्ला समन्वय समितिसँग समन्वय गरेर मागअनुसारको विवरण पठाउन भनेको छ । शाखा अधिकृत भुसालले विवरण आइसकेपछि यकिन गरेर चाँडै स्थानीय तहमा अपुग कर्मचारी पठाइने बताउनुभयो । यसअघि सरकारले स्थानीय तहमा कर्मचारी आवश्यक हुने भन्दै विभिन्न मन्त्रालयसँग कर्मचारी माग गरेको छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै