• २०८१ बैशाख ८ शनिबार

जिओ अटोमोवाईल्सले फोर्ड फ्रीस्टाईल नेपाल भित्राउदै

kharibot

काठमाडौँ । फोर्डले आफ्नो नयाँ गाडी फोर्ड फ्रीस्टाइलको यहि मे १ देखि ३ सम्म ललितपुरको लबीम मलमा प्रदर्शन गर्ने भएको छ । 

एसयुभि जस्तो डिजाइन , नयाँ प्रविधि र टेक्नोलोजीले भरिपुर्ण यस फोर्ड फ्रीस्टाइल नेपालको पहिलो कम्प्याक्ट युटिलिटि भेइकल हुनेछ ।

फोर्डले ल्याएको यो नयाँ सीयुभि ले नेपालमा ह्याचव्याक भन्दा हल्का ठूलो गाडी रुचाउने ग्राहकहरुमध्ये बढ्दो माग पुर्ति गर्ने आश फोर्डले राखेका छन् । डु एभ्रीथिङ एंड रिग्रेट नोथीङ नारा राखिएको फोर्ड फ्रीस्टाइल नयाँ डिजाइन र उच्च कार्यक्षमतायुक्त छ । कुल क्यापेबल र कनेक्टेड फ्रीस्टाइलले सबै क्षेत्रमा रहेका ग्राहकलाई आकर्षित गर्दै आफ्नो बजारको भाग बढाउने अपेक्षा राखेका छन् । 

आकर्षक डिजाइन सहित एसयुभिको स्वभाव आउने फोर्ड फ्रीस्टाइलमा भिन्न खालको थ्री डाइमेनशनल मेश राखिएको छ । गाडीमा भएको फ्रन्ट बम्परमा स्कीड प्लेट र फास्किया सेक्सन जोडिएको छ जसले फ्रीस्टाइलको डिजाइन लाई अझै आकर्षित बनाएको छ । प््राmीस्टाइलमा रहेको टिआई भिसीटि पेट्रोल इन्जिन सानो,हलुका र शक्तिशाली  हुनका साथै कम इन्धन प्रयोग गरी राम्रो माइलेज प्रदान गर्दछ । 

यसको ९६ पीएस पावर यो सेगमेन्टको सबैभन्दा बढी हो । छ वटा ईयर वाग्स र ईलेक्ट्रोनिक स्टाविलिटी  भएको फोर्ड फ्रीस्टाईल ग्राहहकको सुरक्षाको पनि  ध्यान राखेर बनाएको छ ।

फोर्ड फ्रीस्टाइलमा फोर्डको इन् कार इन्फोयटमेन्ट सिस्टम,  एसवाईएनसी ३ र ६.५ इन्च टचस्क्रीनको पनि व्यवस्था छ जसले गाडी चालकलाई आफ्नो स्मार्टफोनसँग पुरा कनेक्ट गराउँछ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै