• २०८१ बैशाख ७ शुक्रबार

पूर्वप्रधानन्यायाधीश गोपाल पराजुलीको अवहेलनासम्बन्धी मुद्दा खारेज

kharibot

काठमाडौँ ।  सर्वोच्च अदालतले पूर्वप्रधानन्यायाधीश गोपाल पराजुलीविरुद्ध परेको अदालतको अवहेलनासम्बन्धी मुद्दा खारेज गरेको छ । 

कामु प्रधानन्यायाधीश दीपकराज जोशी र न्यायाधीश तेजबहादुर केसीको संयुक्त इजलास आज अवहेलनासम्बन्धी मुद्दा चलाउनुपर्ने प्रमाण फेला नपरेको उल्लेख गर्दै सो मुद्दा खारेज गरेको हो ।

अधिवक्ता मनोज अधिकारीले तत्कालीन प्रधानन्यायाधीश पराजुलीले नेतृत्वमा हुँदा न्यायपालिकाको अधिकार दुरुपयोग हुने गरी काम गरेको आरोप लगाउँदै अदालतको अवहेलनासम्बन्धी मुद्दा गत फागुन १५ गते दर्ता गरेका थिए । 

प्रा डा गोविन्द केसीका कानून व्यवसायी वरिष्ठ अधिवक्ता डा सुरेन्द्र भण्डारीलाई धम्की दिएको र कीर्ते नागरिकताका आधारमा प्रधानन्यायाधीश भएर पराजुलीले अदालतको अवहेलना गरेको जिकिर मुद्दामा गरिएको थियो ।

तत्कालीन प्रधानन्यायाधीश पराजुलीले उमेरहदका कारण उहाँको गत साउन २१ गते पदावधि सकिएको भनी न्याय परिषद्ले पत्र पठाएपछि राजीनामा दिइसकेका छन् । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै