• २०८१ बैशाख १३ बिहीबार

प्रदेश एकको नाम र राजधानीबारे सबै दलबाट सुझाव लिइने 

kharibot

विराटनगर ।  प्रदेश नम्बर १ को प्रदेशसभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरुको आज सर्वदलीय बैठक बसेको छ । 

मुख्यमन्त्री शेरधन राईको सभापतित्वमा बसेको बैठकले प्रदेशको स्थायी राजधानी, प्रदेशको नाम, प्रदेश समिति गठन र प्रदेश योजनाका सम्बन्धमा आ–आफ्नो राजनीतिक दलबाट सुझाव पेश गर्ने निर्णय गरेको छ । 

अर्को सर्वदलीय बैठकमा दलबाट प्राप्त सुझाव पेश गर्न आग्रह गरिएको प्रदेशका सामाजिक विकासमन्त्री जीवन घिमिरेले बताए । बैठकमा प्रदेशसभामा प्रतिनिधित्व गर्ने विभिन्न राजनीतिक दलका प्रतिनिधिको सहभागिता थियो ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै