• २०८१ बैशाख ६ बिहीबार

वीरगञ्ज महानगरपालिका कार्यालयमा बम फेला

kharibot

वीरगञ्ज  ।  वीरगञ्ज महानगरपालिका कार्यालय तथा नारायणी यातायात व्यवस्था कार्यालय परिसरमा आज बम फेला परेको छ । 

महानगर प्रमखु विजय सरावगीको कार्यकक्षभन्दा बाहिर रहेको भर्याङ छेउ तथा यातायात कार्यालय परिसरमा रातो कपडाले बेरेर डल्लो जस्तो वस्तु फेला परेपछि कर्मचारी आतङ्कित भएर कार्यालय बाहिर निस्किएका थिए ।

नेपाल प्रहरी र सशस्त्र प्रहरीको सहयोगमा नेपाली सेनाको बम डिस्पोजल टोलीले दुवै स्थानको बम निक्रिय पारेको थियो । बम सामान्य खालको रहेको सेनाको भनाइ छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै