पाँच महिनाभित्र अनिवार्य शिक्षा ऐन ल्याइने

खरीबोट

वीरगञ्ज ।  सरकारको विद्यालय भर्ना कार्यक्रमअन्तर्गत शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले आज वीरगन्ज महानगरपालिका–११ श्रीपुरस्थित नेपाल राष्ट्रिय विद्यापीठ माविमा १५ बालबालिकालाई विद्यालय भर्ना गराएका छन् । 

शिक्षा विकास तथा समन्वय एकाइ पर्साका प्रमुख बरखुप्रसाद रजकले जिल्लामा सात हजार ५९२ बालबालिका मात्रै विद्यालय बाहिर रहेको तथ्याङ्क प्रस्तुत गरे । 

उहाँका अनुसार पर्सा जिल्लामा ११ हजार २११ जना बालबालिका विद्यालय बाहिर रहेकामा तीन हजार ७११ जना बालबालिका जिल्लामा विभिन्न गैरसरकारी संस्थाद्वारा सञ्चालित कार्यक्रममार्फत विद्यालयमा भर्ना भएकाले सात हजार ५९२ बालबालिकालाई विद्यालयसम्म ल्याउने चुनौती बाँकी छ । 

क्षेत्रीय शिक्षा निर्देशनालय मध्यमाञ्चलका क्षेत्रीय निर्देशक दिनेशकुमार श्रेष्ठले भने पर्सामा २१ हजार ५१४ जना आधारभूत तहका बालबालिका विद्यालय बाहिर रहेको जानकारी गराए । 

सो अवसरमा मन्त्री पोखरेलले पाँच महिनाभित्र अनिवार्य शिक्षा ऐन ल्याइने बताउँदै आजसम्म सात प्रतिशत मात्रै प्राविधिक शिक्षा पढाइ हुँदै आएकामा अब सरकारले ७० प्रतिशत प्राविधिक र ३० प्रतिशत सामान्य शिक्षा प्रदान गर्ने तयारी भएको जानकारी दिए । 

उनले २०२८ सालको शिक्षा नीतिलाई चाँडै अन्त्य गरेर नयाँ नीति ल्याइने बताउँदै बालबालिकाको जीवन देशको जीवनसँग जोडिएकाले लापरबाही नगर्न शिक्षकलाई चेतावनी दिए । प्रदेश नं २ को सिरहाबाट भर्ना अभियान शुरु गर्दै मन्त्री पोखरेल सप्तरी, धनुषा हुँदै पर्सा आएका हुन्  । उनले प्रदेश नं २ का सबै जिल्लामा पुगेर भर्ना अभियान शुरु गर्ने लक्ष्य लिइएको बताए । 

सम्बन्धित समाचार

चिकित्सा शिक्षा विधेयक फिर्ता हुँदैन : शिक्षामन्त्री पोखरेल

काठमाडौँ / शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले प्रतिनिधिसभामा पेश भएको चिकित्सा शिक्षा विधेयक परिमार्जन गर्न सकिने तर फिर्ता नहुने बताएका छन ।  बीस दिनदेखि जुम्लाको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अनशनरत चिकित्सक

सरकार जुम्ला पुगेर डा.गोविन्द केसीसँग वार्ता गर्दैन – शिक्षामन्त्री पोखरेल 

काठमाडौँ । शिक्षामन्त्री गिरिराजमणि पोखरेलले सरकारले जुम्ला पुगेर डा.गोविन्द केसीसँग वार्ता नगर्ने बताएका छन् । काठमाडौंमा शुक्रबार भएको शिक्षा पत्रकारिता पुरस्कार वितरण समारोहमा मन्त्री पोखरेलले सरकार वार्ता विरोधी होइन भन्दै जुम्लामा

चिकित्सा शिक्षा अध्यादेशलाई विधेयकका रुपमा जस्ताको त्यस्तै ल्याउन सकिदैन – शिक्षामन्त्री पोखरेल

काठमाडौँ । शिक्षा तथा विज्ञान प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले राष्ट्रिय चिकित्सा शिक्षा सुधारसम्बन्धी विषय डा.केसीको मात्र मुद्दाको रुपमा नभई सबैको चिन्ता र चासोको विषय भएको बताएका छन् ।  नेपाली काँग्रेसले राष्ट्रिय चिकित्सा

दोस्रो चरणको विद्यार्थी भर्ना अभियान शुरु : शिक्षामन्त्री पोखरेल

काठमाडौँ / विज्ञान, शिक्षा तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले आर्थिक विपन्नता, भौगोलिक विकटता र सामाजिक विकृतिका कारण विद्यार्थीलाई विद्यालयमा टिकाइराख्न नसकिएको बताएका छन ।  प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा उनले दोस्रो चरणको विद्यार्थी