• २०८१ बैशाख ८ शनिबार

नुवाकोटमा बन्यो अपाङ्गतामैत्री पुस्तकालय

kharibot

तस्बीर : रासस

त्रिशूली (नुवाकोट) । भूकम्पले भत्काएपछि टहरामा सञ्चालन हुँदै आएको पुस्तकालयको सुविधासम्पन्न भवन निर्माण सम्पन्न भएको छ । 

बेलकोटगढी नपा–२ फाटापौवा कुमरीस्थित जनजागरण सामुदायिक पुस्तकालय स्रोत केन्द्र रु एक करोड ७५ लाखमा बनेको हो ।

रिड नेपाल र एएसबीको आर्थिक तथा प्राविधिक सहयोगमा जनजागरण सामुदायिक पुस्तकालयको पुनःनिर्माण तथा समुदायमा आधारित समावेशी विपद् जोखिम न्युनीकरण परियोजनाअन्तर्गत भवन निर्माण गरिएको पुस्तकालयका कार्यक्रम संयोजक श्यामराजा तिमल्सिनाले जानकारी दिए । 

पुस्तकालय नेपालकै पहिलो अपाङ्गतामैत्री तथा बहुप्रकोप प्रतिरोधात्मक भएको पुस्तकालय व्यवस्थापन समितिले जिकिर गरेको छ । नवनिर्मित पुस्तकालय भवनमा पुस्तकालय, बाल, महिला, युवा, सभा, सूचना सञ्चार प्रवधि, विपद् जोखिम न्यूनीकरण र श्रव्यदृश्य कक्ष छन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै