• २०८१ बैशाख ७ शुक्रबार

हुन्डाई फेस्टिभ डिलाइट योजनाका विजेताहरुलाई पुरस्कार हस्तान्तरण

kharibot

काठमाडौँ । हुन्डाई गाडीको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टलले दशैं तिहारको उपलक्ष्यमा ल्याएको हुन्डाई फेस्टिभ डिलाइट अफरको विजेताहरुलाई पुरस्कार हस्तान्तरण गरेको छ । 

थापाथलीस्थित हुन्डाई सोरुममा आयोजित कार्यक्रममा बिजेताहरुलाई लक्ष्मी ग्रुपका अध्यक्ष गणेश बहादुर श्रेष्ठ, कनज्युमर आई नेपालकी अध्यक्ष श्रीमती बिमला खनाल, मिस नेपाल २०१८ श्रृंखला खतिवडा तथा हुन्डाई मिस फेण्डसिप सायरा लामाले  पुरस्कार हस्तान्तरण गरेका हुन् ।

सो अफर अनुरुप हरेक नँया हुन्डाई गाडीको खरिदमा ग्राहकहरुले ५ लाखसम्मको छुट र एक वर्षको निशुल्क बिमा साथै स्क्रयाच कार्ड मार्फत थप १ लाख सम्मको नगद छुट, लक्कि ड्र मार्फत १०० जना भाग्यमानी विजेताहरुलाई १०–१० ग्राम सुन, १० जोडीलाई दुबई भ्रमण र बम्पर लकी ड्रबाट २ जनालाई हुन्डाई इलाइट आइ २०  र हुन्डाई एक्सेन्ट जित्ने अवसर पाएका थिए ।

हुन्डाई फेस्टिभ डिलाइटू अफर अन्तर्गत, दुबई भ्रमणको १० जना भाग्यशाली विजेताहरुले पुरस्कार प्राप्त गरेका थिए । भाग्यशाली बिजेताहरुमा सुजा बास्तोला, महेस राजकर्णिकार, कृष्णराज पोख्रेल, अनिल कुमार श्रेष्ठ, पेमा लामा, बालकृष्ण थापा, नीरज क्षेत्री, दान बहादुर चौहान, धन्जयन शर्मा बञ्जारा, सूर्य लाईफ इन्सुरेन्स कम्पनी रहेका थिए । 

त्यसैगरी, हुन्डाई फेसटिभ डिलाइटू अफर अन्तर्गत,  बुटवलका सुशनप्रसाद अधिकारीले हुन्डाई इलाईट आई २० प्राप्त  गरेका छन् ।

साथै हुन्डाई फेसटिभ डिलाइटू अफर अन्तर्गत, कुपन नम्बर ८५३ का कन्काई आयल सपलायर्सले हुन्डाई एक्सेन्ट प्राप्त गरेका छन् ।

हुन्डाई फेस्टिभ डिलाइट अफरको विजेताको घोषणा हिमालय टिभीमा लाइभ लक्की ड्र मार्फत चैत १६ गते, शुक्रबार गरिएको थियो । सो कार्यक्रमको मुख्य अतिथि कनज्युमर आई नेपालकी अध्यक्ष बिमला खनाल, निकिता चाण्डक मिस नेपाल २०१७ तथा रोजिना श्रेष्ठ, हुण्डाइ मिस फ्रेन्डसिप २१०७ उपस्थित रहेका थिए ।

हुन्डाई फेसटिभ डिलाइट अफर अन्तर्गत, १०० जना भाग्याशाली विजेताहरुको लक्की ड्र श्रीमती बिमला खनालद्धारा कनज्युमर आई नेपालको अनामनगर स्थित कार्यालयमा गरिएको  थियो ।

सो योजना २०७४ भाद्र ०८ गत देखि २०७४ कात्तिक १० गते सम्म लागु गरिएको थियो ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै