• २०८१ बैशाख १३ बिहीबार

शुक्रबारदेखि बस्ने केन्द्रिय कार्यसमितिले पदाधिकारी मनोनित गर्छ – डा. प्रकाशशरण महत 

kharibot

काठमाडौं। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता डा. प्रकाशशरण महतले अब बस्ने केन्द्रिय कार्यसमितिको बैठकले रित्त रहेका पदाधिकारी मनोनित गर्ने स्पष्ट पारेका छन् ।

बिहीबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै नेता महतले पार्टीको केन्द्रिय कार्यसमिति बैठक भोलिबाट सुरु हुने र सोही बैठकले पदाधिकारी मनोनित गर्ने स्पष्ट पारेका हुन् । उनले भने,‘पार्टी सभापतिजीले चाँडै नै पदाधिकारी मनोनित गर्नुहुन्छ, ढिलो भयो, संगठन क्रियाशिल बनाउनको लागि पनि यो चाँडै गर्नुपर्नेथियो, केही विलम्ब भयो तर अब हुन्छ।’

साक्षात्कारमा बोल्दै उनले निर्वाचनमा पार्टीले गम्भिर पराजय भोगेकोबारेमा केन्द्रिय कार्यसमिति बैठकमा बृहत्त समिक्षा भैरहेको जनाए । उनले भने,‘छलफल समाप्त भएको छैन, हामी एउटा गम्भिर समिक्षा गर्छौं, समिक्षाबाट आएको निश्कर्षका आधारमा भोलिका दिनमा पार्टीलाई मार्गनिर्देशन बनाउँदै अघि बढाउँछौं।’ उनले पार्टी अब पूर्ण एकताका साथ अघि बढाउने संकल्प सुनाए ।

पूर्वपरराष्ट्रमन्त्री समेत रहेका नेता महतले पार्टीका आन्तरिक विषयहरु भित्रैबाट हल गर्नेपनि सुनाए । उनले भने,‘नेताहरु त अहिले संयमित हुनुभएको छ, पहिलो एजेण्डा भनेको अब पार्टी एक ढिक्का हुन्छ, यसमा कुनै दुईमत छैन्, दोस्रो कुरा भनेको कम्युनिष्ट सरकारका बदमासीहरुलाई औंल्याउने र खबरदारी गर्ने हो, अहिलेको सरकारले अधिकार केन्द्रित गरिरहेको छ, सरकारलाई पार्टीकरणजस्तो, र पार्टीलाई सरकारजस्तो बनाउने काम भयो भने हामी खबरदारी गर्छौं, त्यस्तै सरकारले राम्रो काम गर्यो भने हामी समर्थन गर्छौं।’ डा. महतले सरकारले नियम मिचेर काम गरे पार्टीले एक स्वरमा विरोध गर्नेपनि जनाए ।

उनले पार्टीको महासमिति चाँडै बस्ने विश्वास दिलाए । उनले भने,‘संघीय संरचना अनुसार विधान परिर्वतन गर्नुपर्छ, हामी अब संगठनहरुलाई क्रियाशील बनाउँछौं, देशभरि नै संगठन निर्माणमा हामी जोड दिन्छौं, भातृसंगठनहरुलाई नै पनि सशक्त बनाएर अघि बढाउँछौं।’ आगामी एक वर्षभित्र पार्टीलाई उर्जाशील र क्रियाशील बनाउने पनि उनको विश्वास थियो ।

त्यस्तै आगामी ५ वर्षभित्रमा पार्टीलाई ४५ प्रतिशत मत हाँसिल गर्ने स्थानमा पुर्याउने उनले जनाए । उनले भने,‘आगामी ५ वर्षभित्र कांग्रेस एक्लैले ४५ प्रतिशत ल्याउँछ, कम्तिमा हामी अहिलेको भन्दा १० प्रतिशत भोट बढाउँछौं।’ अब व्यक्तिभन्दापनि पार्टी केन्द्रविन्दुमा राखेर अघि बढ्ने उनको विश्वास थियो ।

नेता महतले यसअघि कांग्रेस नेतृत्वको सरकारले ६५ वर्ष पुगेकाहरुलाई वृद्धभत्ता दिनेबारे गरेको निर्णय वर्तमान सरकारले खारेज गरे आफूहरुले कडा विरोध गर्ने चेतावनी दिए । उनले भने,‘एमाले र माओवादीले चुनावमा ५ हजार दिन्छु भनेर सस्ता नारा दिनुभयो, हामीले गाउँ, दुरदराजमा रहेका बृद्धाहरुलाई हितमा राखेर निर्णय गर्दा किन विरोध गरेको ? उहाँहरुको मोडेलमा जाँदा ६० अर्ब खर्च हुन्छ, तर हाम्रो मोडेलमा जाँदा ४० अर्बमात्रै हुन्छ।’

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै