• २०८१ बैशाख १४ शुक्रबार

बार्सिलोनालाई डिफेन्डर उम्टिटीको चिन्ता, रिलिज क्लज बढाउने तयारी 

kharibot

काठमाडौँ । बार्सिलोनाका फ्रेन्च डिफेन्डर सामुयल उम्टिटिले क्लब छोड्ने खबरले बार्सिलोनामा हलचल मच्चिएको छ ।

स्पेनिस मिडिया मुन्डो डिपोर्टिभोका अनुसार उम्टिटिको रिलिज क्लज कम भएका कारण कल्ब व्यवस्थापन चिन्तित भएको हो ।

पछिल्ला केहि महिना प्रिमियर लिग क्लब म्यानचेस्टर युनाइटेडले उम्टिटिलाई भित्राउने प्रयास थालेपछि बार्सिलोनाले फास्ट ट्रयाकमा उनिसँग समझौता नविकरण गर्न खोजेको रिपोर्ट बाहिरिएको छ ।

बार्सिलोनाको डिफेन्सका मुख्य खेलाडी उम्टिटिको अहिले केबल ६२ मिलियन युरोको रिलिज क्लज रहेको छ ।

बार्सिलोना क्लबको व्यवस्थापन उम्टिटिको रिलिज क्लज कम्तिमा पनि २५० मिलियन युरो बनाउन अहिले फास्ट ट्रयाकमा सम्झौता नविकरण गर्ने तयारीमा रहेको छ । बार्सिलोनाले विश्वकप अघि नै उनीसँग सम्झौता नविकरण गरेर रिलिज क्लज बढाउन प्रयास सुरु गरेको डिपोर्टिभोको रिपोर्टमा उल्लेख छ । 

पुरानै रिलिज क्लजमा उनी युनाइटेड गएमा युनाइटेडले सस्तैमा विश्वकै उत्कृष्ट डिफेन्डर पाउने सम्भावना देखिएको छ । 

२०१६ मा फ्रेन्च क्लब लियोनबाट २४ मिलियन युरोमा बार्सिलोना गएका उम्टिटिले बार्सिलोनामा अहिलेसम्म ८१ खेल खेलिसकेका छन् । त्यस्तै फ्रान्सको राष्ट्रिय टिमका लागि उनले १६ खेल खेलेका छन् ।

बार्सिलोनामा आएकै बर्ष उम्टिटीले कोपा डेल रेको उपाधि जितेका थिए भने यस सिजनमा पनि फाइनलमा आगामी शनिबार सेभिलालाई पराजित गरेमा दोस्रो पटक कोपा उपाधि जित्न सक्दछन् ।

त्यसैगरी ला लिगामा पनि यस सिजनमा उपाधि जित्ने लगभग तय देखिएको छ । अब लिगमा ५ खेल खेल्न बाँकी हुँदा बार्सिलोना दोस्रो स्थानमा रहेको एथलेटिको भन्दा १२ अंकले अगाडी रहेको छ । 

   
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै