• २०८१ बैशाख ८ शनिबार

लगातारको बृद्धि पश्चात नेप्से १४ सय बिन्दुु नजिक

kharibot

काठमाडौं । यसअघि १२ सय अंकको हाराहारीमा रहेको नेप्से साताको अन्तिम कारोवार दिन १४ सय बिन्दु नजिक पुगेको छ । 

साताको सुरुवाती कारोवार दिन देखि बढेको नेप्से आज बिहिबार पनि २५ दसमलव तीन अंकले बढेर १३ सय ८८ दसमलव ३१ बिन्दुमा चढेको छ । 

यसैगरी सेन्सिटिभ पाँच दसमलव १८ अंकले बढेर दुई सय ९४ दसमलव तीन बिन्दुमा चढेको छ ।  नेप्सेमा आज कुल एक सय ६८ कम्पनीहरुको ११ हजार आठ सय ३४ वटा कारोवारमा २६ लाख ६३ हजार पाँच सय ८२ कित्ता सेयर कित्ता सेयर खरिद बिक्री भएकाछन । उक्त परिमाणमा सेयर खरिद बिक्री हुदा  कारोवार रकम एक अर्ब ११ करोड ५५ लाख ५५ हजार तीन सय ६१ रुपैयाँ पुगेको छ । 

आज १० वटा समुहको कारोवार भएकोमा ट्रेडिङ समुह समुहको सुचकमा दुई दसमलव दुई अंकले गिरावट देखिएपनि बाँकी नौ वटा समुहको सुचक भने बढेकाछन् । बाँणिज्य बैक समुहको सुचक २४ दसमलव ५१ अंकले बढेर १२ सय पाँच दसमलव ६७ बिन्दुमा चढ्दा ४१ करोड २३ लाख ९० हजार रुपैयाँको सेयर खरिद बिक्री भएको छ । 

यसैगरी बिकास बैक समुहको सुचक पनि १६ दसमलव ५७ अंकले बढेर १६ सय २७ दसमलव ७१ बिन्दुमा चढेकोमा सात करोड ७५ लाख ७८ हजार पाँच सय रुपैयाँ बराबरको सेयर खरिद बिक्री भएको छ । 

जलबिद्युत समुहको सुचक पनि ४४ दसमलव ८७ अंकले घटेर १७ सय नौ दसमलव १९ बिन्दुमा चढ्दा ११ करोड ९२ लाख ७५ हजार रुपैयाँको सेयर खरिद बिक्री भएको छ । यसैगरी बीमा समुहको सुचक पनि आज ५१ दसमलव २३ अंकले बढेर सात हजार १३ दसमलव ३३ बिन्दुमा चढेकोमा २३ करोड ३२ लाख ८६ हजार रुपैयाँ बराबरको सेयर खरिद बिक्री भएको छ । 

यि बाहेक होटल, फाईनान्स, उत्पादनमुलक, अन्य र लघुबित्त समुहको सुचकमा पनि आज उच्च बिन्दुले सुधार भएको छ ।

आज बढी कमाउने कम्पनीको सुचीमा परेको प्रोग्रेसिभ फाईनान्सको सेयर मुल्य नौ रुपैयाँ ९३ पैसाले बढेर एक सय ६६ रुपैयाँमा प्रतिकित्ता सेयर कारोवार भएको छ भने बढी गुमाउने कम्पनीको सुचीमा परेको सहयोगी बिकास बैकको प्रतिकित्ता सेयर मुल्य सात रुपैयाँ २० पैसाले घटेर दुई सय सात रुपैयाँमा कारोवार भएको छ । 

रकम कारोवारका आधारमा अग्रस्थानमा परेके चिलिमे हाईड्रो पावर कम्पनीको प्रतिकित्ता आठ सय ६५ रुपैयाँ अन्तिम मुल्यमा चार करोड २१ लाख ३० हजार सात सय दुई रुपैयाँको सेयर कारोवार भएको छ । 

यसैगरी नेपाल बैंकको पनि आज प्रतिकित्ता तीन सय ५७ रुपैयाँ अन्तिम मुल्यमा तीन करोड ९८ लाख ७३ हजार नौ सय ७८ रुपैयाँको सेयर कारोवार भएको छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै