• २०८१ बैशाख १२ बुधबार

मोबाइल चोरी गरेर अनलाइन बिक्रि गरेको आरोपमा फुटबलर दिपेश श्रेष्ठ पक्राउ 

kharibot

काठमाडौं । फुटबलर दिपेश श्रेष्ठ मोबाइल, ल्यापटप लगायतका सामाग्री चोरी गरेर बिक्रि गरिरहेको आरोपमा पक्राउ परेका छन् । 

 ‘ए’ डिभिजन लिग क्लब सरस्वती युथ क्लबका कप्तान समेत रहिसकेका दिपेश श्रेष्ठ मोबाइल चोरीको आरोपमा पक्राउ परेका छन् । 

मोबाइल, ल्यापटप लगायतका सामग्री चोरी गरेर विक्री वितरण गर्ने कारोबारी सक्रिय रहेको सूचनाका आधारमा महानगरीय प्रहरी परिसर काठमाडौंको टोली श्रेष्ठसम्म पुगेको थियो ।

प्रहरीले बुधबार काठमाडौं–६, रेम्बोडाँडाबाट बाच्छो भनिने सुवास खड्कालाई शंकास्पद अवस्थामा भेटेको थियो । उनलाई नियन्त्रणमा लिएर सोधपुछ गर्दा साथीसँग मिलेर चोरीका सामान किनबेच गर्ने गरेको बयान दिए । प्रहरीका अनुसार चोरीका सामान फुटबलर श्रेष्ठको कोठामा लुकाएर राख्ने गरेको पाइएको छ ।

खनतलासीका क्रममा श्रेष्ठको कोठाबाट विभिन्न ब्रान्डका ३३ वटा मोबाइल, दुई वटा आइफोन, ३ वटा पावर बैंक, सोनी कम्पनीको ३२ इन्जको टिभी एक थान, ५ वटा ल्यापटप लगायतका सामग्री बरामद भएको छ । 

हाल प्रहरी हिरासतमा रहेका श्रेष्ठले चोरीमा संलग्न भएको स्वीकार गरेका छन् । सुवाससँग एक वर्षदेखि चिनजान रहेको र साथीकै लहैलहैमा लागेर चोरी गरेको उनले बताएका छन् ।
चोरीका सामानहरु फेसबुक ग्रुप र अनलाइन किनबेच गर्ने वेवसाइटमार्फत विक्री वितरण गर्दै आएको बयान दिएका छन् ।

पक्राउ परेका दुवै जनामाथि मुलुकी ऐनको चोरीको महल बमोजिम सजाय हुने प्रहरीले जानकारी दिएको छ । 

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै