• २०८१ बैशाख ६ बिहीबार

क्रेडिट कार्डबाट सामान किन्नुहुन्छ ? होस गर्नुस्, नसोचेको पैसा तिरिएको ख्यालै नहोला !

kharibot

तस्बिर : Metro UK/(twitter/bobbiesgordon)

युरोप । सहरमा बसेर ठूला शपिंग मल, डिपार्टमेन्ट स्टोरबाट क्रेडिट कार्डबाट सामान किन्नुहुन्छ भने तपाईंलाई यो घटनाले सोच्न बाध्य बनाइदिन्छ ।

बेलायतमा एउटा यस्तै रोचक घटना भएको छ । नटिंघमको शेरवुडबाट एक महिलाले आफूलाई आवश्यक पर्ने सरसामान अर्डर गरिन् अनलाइनमा । 

उनले आफूले अर्डर गरेबमोजिमको सामान पनि पाइन् तर जब बिल हेरिन् त्यसले उनलाई आश्चर्यचकित पारिदियो । त्यसमा एउटा कोसो केराको मूल्य नै ९ सय ३० पाउण्ड लेखिएको थियो । यो मूल्य भनेको नेपाली झण्डै एक लाख ३८ हजारको हो । 

यद्यपि उनको क्रेडिट कार्डको दुरुपयोग रोक्ने टोलीले उनको खाताबाट पैसा निकाल्न रोकिदियो । तर त्यो साँच्चैको मूल्य नभएर कम्प्युटरको गल्तीले भएको भन्दै आस्दा अनलाइन अर्डर कम्पनीले पछि मागी माग्यो । 

तर यो घटनाले भने क्रेता (किन्ने) व्यक्तिले आफूले कार्ड प्रयोग गरी सामान किनेपछि बैंक ब्यालेनस पनि चेक गर्नुपर्ने चाहिँ देखाएको छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै