• २०८१ बैशाख १३ बिहीबार

तीन कटुवा पेस्तोलसहित मकवानपुरमा एक व्यक्ति पक्राउ 

kharibot

हेटौडा । मकवानपुर प्रहरीले तिन पेस्तोल र हजारौ थान गोलीसहित एक जनालाई पक्राउ गरेको छ ।

मकवानपुरको लेबट प्रहरी चौकीबाट खटिएर गयेरका प्रहरीबाट सवारी चेकजांचका क्रममा हेटौडा आउदै गरेको बसबाट चेकजाँच भन्दा अगाडी झरी भागी रहेका ३-४ जान मध्ये एक जनालाई पक्राउ गरेको हो । 

मकवानपुर प्रहरीका अनुसार जम्बो चौतारा बस्ने वर्ष ३७ का अनिल भन्ने जोकर मोक्तानलाई प्रहरीले पक्राउ गरेको छ ।  मोक्तानसँगबाट ३ थान कटुवा पेस्तोल,  नलकटुवा पेस्तोलमा फिट हुने गोली ११, ३०३ थान,  राईफलको गोली थान १, सुतली बम थान १, नेपाल प्रहरीको चुस्ता थान १ लगायतका बिभिन्न सामाग्री सहित पक्राउ गरिएको छ ।

प्रहरीले भागेका अन्य व्यक्तिहरुको पहिचान भई खोज तलास कार्य भईरहेको जनाएको छ ।  

पक्राउ परेका जोकर मोक्तानका सम्बन्धमा थप अनुसन्धान तथा छानबिन भैरहेको साथै निजलाई मुलुकी ऐनको हात हतियार तथा खरखजाना ऐन २०१९ तथा बिष्फोटक पदार्थ ऐन २०१८ अनुसार सम्मानित जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान गर्ने तर्फ आवश्यक कारवाही भैरहेको मकवानपुर प्रहरीले जनाएको छ । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै