• २०८१ बैशाख १३ बिहीबार

शुक्लाफाँटा नगरको १४ कानुन राजपत्रमा प्रकाशित, नगर कार्यसञ्चालन सजिलो हुने 

kharibot

कञ्चनपुर ।  शुक्लाफाँटा नगरपालिकाले चौध वटा कानुन राजपत्रमा प्रकाशन गरेको छ । राजपत्रमा चार वटा ऐन, तीन वटा नियमावली, पाँच वटा कार्यविधि, एक आचारसंहिता र एक निर्देशिका प्रकाशन गरिएका हुन् । 

कार्यपालिकाको बैठकबाट कार्यविधि, निर्देशिका, आचारसंहिता र नगरसभाबाट ऐन पारित गरिएपछि राजपत्रमा प्रकाशन गरिएको नगर प्रमुख दिलबहादुर ऐरले बताए । 

राजपत्रको भाग–१ मा प्रकाशन भएका ऐनमा शुक्लाफाँटा नगरपालिका स्थानीय तहको आर्थिक ऐन २०७४, स्थानीय तहको विनियोजित ऐन २०७४, आर्थिक कार्यविधि नियमित र व्यवस्थित गर्न बनेको ऐन २०७४, प्रशासकीय कार्यविधि नियमित गर्ने ऐन २०७४, कार्यसम्पादन नियमावली २०७४, नगर कार्यपालिका कार्यविभाजन नियवाली २०७४ र नगर कार्यपालिकाको निर्णय आदेश र अधिकारपत्रको प्रमाणीकरण कार्यविधि नियमावली, २०७४ रहेका छन् । 

यसैगरी, राजपत्रको भाग–२ मा शुक्लाफाँटा नगरपालिका एफएम रेडियो व्यवस्थापन तथा सञ्चालन कार्यविधि २०७४, योजना सञ्चालनसम्बन्धी कार्यविधि २०७४, स्थानीय राजपत्र प्रकाशनसम्बन्धी कार्यविधि २०७४, शुक्लाफाँटा नगरपालिका पदाधिकारीहरुको आचारसंहिता २०७४ र शुक्लाफाँटा नगरपालिकाबाट गरिने बजार अनुगमन निर्देशिका २०७४ प्रकाशन गरिएका छन् । 

प्रस्तावना तयार गरिएका बाँकी ऐन छिट्टै विशेष नगरसभा डाकेर पारित गरी राजपत्रमा प्रकाशन गरिने नगर प्रमुख ऐरले बताए । ऐन, नियमावली, कार्यविधि र निर्देशिका पारित भई राजपत्रमा प्रकाशन भइसकेपछि कार्यान्वयनमा ल्याइएको उल्लेख गर्दै नगर प्रमुख ऐरले भने, “नगरको कार्य सञ्चालन गर्नका लागि सघाउ पुगेको छ ।” 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै