• २०८१ बैशाख ८ शनिबार

मेडम तुषादको लिष्टमा जोडिने पहिलो निर्माता-निर्देशक बने करण जोहर 

kharibot

मुम्बई । बलिवुड सेलिब्रेटीका लागि मेडम तुषादको लिष्टमा जोडिने एउटा सपना नै हुन्छ । 

यसैक्रममा निर्माता निर्देशक करण जोहर मेडम तुषादसँग जोडिएका छन् । भारतको दिल्लीसहित सिंगापुर, लन्डन र न्युयोर्कमा रहेको म्युजिममा सेलिब्रेटीहरुको स्ट्याचु राखिने गरेको छ ।

करण जोहर मेडम तुषादमा स्ट्याचु रहने पहिलो निर्माता निर्देशक बनेका छन् । सामाजिक संजालमा तस्विर सार्वजनिक गर्दै करणले मेडम तुषादको प्रस्ताव स्वीकार गर्दा सम्मानित महसुस गरेको उल्लेख गरेका छन् ।

मेडम तुषाद म्युजियममा यसअघि बलिवुडका महानायक अमिताभ बच्चन, ऐश्वर्य राय बच्चन, करीना कपुर, कट्रिना कैफ, सनी लियोनी, सलमान खान र शाहरुख खानको स्ट्याचु राखी सकिएको छ । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै