• २०८१ बैशाख ७ शुक्रबार

क्युबामा ६ दशक लामो कास्ट्रो परिवारको सत्ता यात्रा टुंगिदै, डियाज कनेल राष्ट्रपति बन्ने तय 

kharibot

क्युबा । क्युबामा करिब ६० बर्ष लामो कास्ट्रो परिवारको सत्ता समाप्त हुन लागेको छ ।

सन २००६ मा फिडेल कास्ट्रोले सत्ता छोडेर आफ्ना दाजु राउल कास्ट्रोलाई सुम्पिएपछि फिडेल कास्ट्रोको सत्ता सकिएको थियो  ।  भने अब हाल राष्टपति रहेका राउल कास्ट्रोले पनि सत्ता हस्तान्तरण गर्ने भएपछि क्युबामा ६० बर्षदेखिको कास्ट्रो परिवारमा रहेको सत्ताको साचो बाहिर जना लागेको हो  । 

राउल कास्ट्रोको ठाउमा हालका उपराष्ट्रपति मिगेल डियाज कनेल राष्ट्रपति बन्ने लगभग तय भएको छ  ।  क्युबा को नेशनल एसेम्बलीले डियाजको नाम राष्ट्रपत का लागि अनुमोदन गर्न लागेको छ  । 

राष्ट्रपति पद छोडेपनि कास्ट्रो २०२१ सम्म क्युब को राजनीतिमा प्रमुख स्थानमै हुनेछन्  ।  कास्ट्रो २०२१ मा हुने कम्युनिष्ट पार्टीको महाधिवेशन सम्म पार्टीको अध्यक्षको रुपमा काम भने गरिरहने बताइएको छ  । 

डियाज सन २०१३ मा क्युब को उपराष्ट्रपति बनेका थिए  । ५७ बर्षिय डियाज राउल कास्ट्रोका दाहिने हात मानिन्छन्  । पछिल्लो ५ बर्षदेखि डियाजलाई राष्ट्रपतिको रुपमा तयार बनाइदै गरेको देखिन्छ  । सन १९६० मा जन्मिएका डियाजले इलेक्ट्रोनिक इन्जिनियरिङ गरेका छन्  ।  युवा अवस्थामा नै यांग कम्युनिष्ट लिगसँग जोडिएका डियाज ३३ बर्षको उमेरमा नै लिगको सचिव बनेका थिए  । 

सत्ताको चाबी राउल कास्ट्रोको हातमा रहेसम्म डियाजले क्युब मा अमुल परिवर्तनका काम गर्ननसक्ने विश्लेषकहरुले बताएका छन्  ।  राउलको नेतृत्वमा अमेरिकासँग राम्रो सम्बन्ध बनाउने प्रयास भएको थियो भने अब डियाजले सो सम्बन्धलाई कसरी अगाडी बढाउछन् भन्ने चासो सबैको रहेको छ  ।   
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै