• २०८१ बैशाख १३ बिहीबार

गृहमन्त्री थापाबाट चेपाङ र दलित बालबालिकाको अभिभावकत्व ग्रहण

kharibot

चितवन ।  गृहमन्त्री रामबहादुर थापाले चितवनको विकट शक्तिखोर गाउँका दुई चेपाङ र एक दलित बालबालिकालाई विद्यालयमा भर्ना गराएका छन् । 

शक्तिखोरस्थित चतुरमुखी माध्यामिक विद्यालयमा बुधबार आजोजित कार्यक्रममा उनले उनीहरुको अभिभावकत्व ग्रहण गर्दै विद्यालय भर्ना गराएका हुन् । उनले स्थानीय शहनशीला चेपाङलाई कक्षा तीनमा र अर्जुन चेपाङलाई कक्षा ४ मा तथा अपांग दलित बालिका अञ्जना विकलाई कक्षा ५ मा भर्ना गराएका हुन् । 

सो क्रममा गृहमन्त्री थापाले बालबालिका भविश्यका कर्णदार भएकाले उच्च शिक्षा पढेर देशको आर्थिक समृद्धिमा योगदान दिने विश्वास व्यक्त गरे । उनले शान्ति सुरक्षामा मन्त्रालयले कुनै कसर बाँकी नराख्ने बताए । उनले स्थानीय क्षेत्रमा सुरक्षामा कुनै कमजोरी भएको देखिएमा केन्द्रबाट हस्तक्षप गरेरै भए पनि सुरक्षा प्रदान गर्ने दृढता व्यक्त गरे । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै