• २०८१ बैशाख १३ बिहीबार

म्यानचेस्टर युनाइटेडद्वारा बोर्नमाउथ पराजित

kharibot

काठमाडौँ । इङलिश प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेले बोर्नमाउथलाई पराजित गरेको छ । 

गएराती भएको खेलमा युनाइटेडले २-० को जित निकालेको हो । युनाइटेडको जितमा क्रिस स्मल्लिङ र रोमालु लुकाकुले गोल गरेका थिए ।

खेलको २८औ मिनेटमा स्मल्लिङले गोल गर्दै युनाइटेडलाई सुरुवाती गर्त दिलाएका थिए भने खेलको ७०औ मिनेटमा लुकाकुले गोल गर्दै युनाइटेडको अग्रतालाई दोब्बर बनाएका थिए । गत 

अघिल्लो खेलमा लिगको पुछारमा रहेको वेस्टबर्नसँग १-० ले हारेपछि युनाइटेडले प्रिमियर लिगको उपाधि म्यानचेस्टर सिटीलाई ५ खेल अघि नै जित्न मद्धत गरेको थियो ।

सो हारपछि विजयी लयमा फर्केको युनाइटेड अब लिगमा दोस्रो स्थानमा आफ्नो यस सिजन टुंगाउने दाउमा रहेको छ ।   

म्यानचेस्टर युनाइटेड ३४ खेलमा ७४ अंकसहित लिगको दोस्रो स्थानमा रहेको छ । युनाइटेड यस सिजनमा अब ४ खेल खेल्न बाँकी छ ।  

प्रिमियर लिगको उपाधि जित्न असफल युनाइटेड अब एफए कपका लागि आफ्नो ध्यान केन्द्रित गरेको छ । एफए कपको सेमिफाइनलमा आगामी शनिबार टोटनह्यामसँग खेल्दै छ ।       
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै