• २०८१ बैशाख ७ शुक्रबार

बिल्बाओसँग रियल म्याड्रिड बराबरीमा रोकियो, रोनाल्डोले गोल गर्दै हारबाट जोगाए 

kharibot

काठमाडौँ । स्पेनिस ला लिगामा रियल म्याड्रिड बराबरीमा रोकिएको छ । 

गएराती एथलेटिक बिल्बाओसँगको खेलमा खेलको अन्तिम समयमा गोल गर्दै म्याड्रिड हारबाट जोगिएको हो ।  रियल म्याड्रिडका लागि खेलको ८७औ मिनेटमा क्रिस्टियानो रोनाल्डोले गोल गर्दै हारबाट जोगाएका थिए ।

यस अघि बिल्बाओले खेलको खेलको १४औ मिनेटमा इनाकी विलियम्सको गोलको मद्दतले खेलमा सुरुवाती अग्रता लिएको थियो ।

रियलको घरेलु मैदानमा भएको खेलमा बिल्बाओका गोल किपर केपा अरिजाबालागाले उत्कृष्ट प्रदर्शन गरेका थिए । किपाले रियलका १० गोलका सटलाई असफल बनाउदै रियललाई अंक बाड्न बाध्य बनाएका थिए ।

रोनाल्डोले यस गोलसहित पछिल्ला १२ खेलमा २२ गोल गरेका छन् ।

रियल म्याड्रिड यो बराबरीपछि ३३ खेलमा ६८ अंकसहित लिगको तेस्रो स्थानमा रहेको छ । रियलले यस सिजनमा ला लिगाका २० खेलमा जित हासिल गरेको छ भने ८ खेल बराबरी खेलेको छ, त्यस्तै ५ खेलमा हार बेहोरेको छ ।

त्यस्तै एथलेटिक बिल्बाओ भने ३३ खेलमा ४० अंक सहित लिगको १२औ स्थानमा रहेको छ ।
  
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै