• २०८१ बैशाख १३ बिहीबार

मलाई आशा छ मैले टिभीमा विश्वकप हेर्ने छैन – नेइमार 

kharibot

काठमाडौँ । ब्राजिलका फुटबलर नेइमारले आफु मे महिनाको दोस्रो सातासम्म मैदानमा फर्किने बताएका छन् ।

मंगलबार एक व्यावसायिक प्रमोशन कार्यक्रममा नेइमार आफ्नो अप्रेशन गरेको खुट्टा छिट्टै ठिक हुने दाबी गरे । नेइमारले आगामी मे १७ मा आफ्नो अन्तिम चेकअप हुने बताउदै त्यसपछि मात्र मैदानमा फर्किने बारे भन्न सक्ने बताए ।

गत फेब्रुअरीमा खेलका क्रममा घाइते भएका नेइमार त्यसपछि मैदानबाट बाहिर रहेका छन् । उनले ठट्टा गर्दै भने-‘मलाई आशा छ मैले टिभीमा विश्वकप हेर्ने छैन’ । उनले आफु पहिला भन्दा अझ राम्रो भएर मैदानमा आउने आशा व्यक्त गरे ।

नेइमार बिना पनि पिएसजीले यस सिजनको फ्रेन्च लिग जितिसकेको छ । नेइमार घाइते भएपनि ट्रफी सेलेब्रेशनमा पेरिस आएनन बरु उनि टिभीमा खेल हेर्दै पोकर खेलिरहेको देखियो । नेइमार पेरिसमा नहुनुलाई फुटबल पण्डितहरुले आलोचना गरेका छन् । आफ्नो क्लबको उपाधि जित्ने खेल हेर्न नेइमार पेरिसमा हुनुपर्थ्यो, उनीमा लिडरसिपको अभाव देखियो, फ्रान्सका १९९८ का विश्वकप विजेता टिमका एक सदस्य डगारीले भने ।

नेइमारले पिएसजीमा यस सिजनमा कुल ३० खेल खेल्दै २८ गोल गरेका छन्, जसमा फ्रेन्च लिग वानमा खेलेका २० खेलमा १९ गोल गरेका छन् ।

ब्राजिलले आगामी जुन १७ मा विश्वकपको पहिलो खेल स्विटजरल्याण्डसँग खेल्दै छ । ब्राजिलको समुहमा कोस्टारिका र सर्बिया रहेका छन् । विश्वकप नजिकिदै गर्दा नेइमारको इन्जुरीले ब्राजिलका फ्यानहरु चिन्तित बनेका छन् ।   
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै