• २०८१ बैशाख ८ शनिबार

२१औं शताब्दीको शिक्षा कस्तो ?

kharibot

शिक्षा आर्जन गर्नु ज्ञान सीप र क्षमताको सिकाइ हो । आधुनिक राष्ट्रको अनिवार्य आवश्यकता मानिने शिक्षाले हाम्रो देशको सन्र्दभमा अझै पनि के सिक्ने र सिकाउनु पर्ने हो भन्ने सन्दर्भमा प्रष्ट हुनसकेको देखिदैन । यद्यपि शिक्षा नीति माथिको चर्चा भने सधै विभिन्न नाममा सुनिन आइरहन्छ ।

२१औं शताब्दीको आधुनिक युगमा पनि हामी शिक्षा क्षेत्रमा पछाडि पर्नु भनेको दुःखद पक्ष हो । हामी मास्टर सकिएर बस्दा पनि न रोगारी गर्नसक्छौ  न स्वरोजगार नै बन्न सक्छौ । जीविकोपार्जनको लागि अत्यावश्यक पर्ने कुरामा आवश्यकताहरु पनि पुरा गर्न नसकिने पढाई कलेज गएर लगानी गरेर किन पढ्ने भन्ने प्रश्न उठ्नु स्वभाविक हो ।

वास्तवमा शिक्षा त्यस्तो हुनुपर्दछ जसको अध्ययन, अभ्यासले परिपक्वाता र अनुभवको  विकास गरोस् । हाम्रो लागि चाहिने दैनिक उपभोग्य बस्तुको उत्पादन र उपभोग गर्ने कला, क्षमता अबको शिक्षण प्रक्रियाले दिन सक्नुपर्दछ ।  

सरकारले शिक्षामा लगानी गरेको छ र पनि बालुवामा पानी खनाएजस्तो अनुभुति किन भइरहेको छ त ? किन शिक्षाले आवश्यकता पूर्ति गर्न सकेको छैन ? किन शैक्षिक बेरोजगार हरु बढ्दै गएका छन् ? किन पढेलेखेका पनि विदेशिएका छन् ? हो, विद्यालय विश्वविद्यालयले स्मार्ट जनशक्ति निर्माण गर्न सक्नुपर्दछ ।  

पढाईले उचित स्थान पाउनु पर्दछ । व्यत्तित्व निर्माणको लागि शिक्षाको महत्वपुर्ण भुमिका हुन्छ । समाजमा शान्ति सुव्यवस्था स्थापनाको लागि शिक्षित व्यक्तिको उपिस्थतिले कस्तो प्रभाव पार्दछ ?

समाजमा नैतिकता, अनुशासन, सामाजिकता, मानवीयता, सहिष्णुता किन आवश्यक छ भन्ने कुराको उदाहरण सहित शिक्षार्थीलाई बुझाउन सक्नुपर्दछ ।

त्यसको लागि कस्तो व्यक्तित्व निर्माण गर्नु पर्दछ भन्ने कुरामा नेपालमा शैक्षिक सामग्री अर्थात् पाठ्क्रमहरुमा परिमार्जन गर्नु पर्ने आवश्यकता देखिन्छ ।  सैद्धान्तिक भन्दा व्यवहारिकतालाई जोड दिनु पर्दछ । शिक्षाले जीवनमा हरेक क्षेत्रमा उत्रिँदा आवश्यकताको पुर्ति र समस्या सामाधान गर्न सक्ने क्षमताको विकास हरेक विद्यार्थीमा गर्न सक्नुपर्दछ । 

जेसुकै नामकरण गरेता पनि हामी पुरानै राज्यसत्ताको अनुकरण गरिरहेको अनुभुति हुन्छ सरकारको काम गराई देख्दा ।  यहाँ देखिन्छ शिक्षाको खाँचो शिक्षाले त चेतनास्तर बढाउने हो । वर्तमान शिक्षाले हामीलाई नैतिकता, आत्मविश्वास स्वालम्वन बन्न सक्ने क्षमता प्रदान गर्न सक्नु पर्दछ । कोरा किताबी ज्ञानमा मात्र होइन सुचना प्रविधिमा जोड दिनु पर्दछ ।
मानव जीवनको महत्वपूर्ण पक्ष स्वास्थ्य हो ।  

खानपान र जीवनशैलीको बारेमा हरेक व्यक्तिलाई जानाकारी हुनु पर्दछ । आफ्नो स्वास्थ्य प्रति पुर्ण जानाकारी राख्न सक्ने हनुपर्दछ ताकी सानातिना विषयमा नै डाक्टर कहाँ जानु नपरोस् । सिकाइ प्रक्रियामा आहार र विहारको सिद्धान्तसँग सबैलाई परिचित गराउने खालको सामग्री समावेश गरिनु पर्दछ ।  

शिक्षाबाट मानव जीवनको लागि आवश्यक उचित ज्ञानको आभाष दिलाउन सक्नु पर्दछ ।  जीविकोर्पाजन पारिवारकि बजेटको सहि सन्तुलन, स्वस्छता आहारको गतिशिलता नष्ट हुन नदिने, प्रजनन, शिशुपालन, दाम्पत्य सम्बन्ध, पारिवारिक तालमेल, बुढापाकाको सुविधा, प्रतिष्ठा, अतिथ्यता लगायतका कुरा पनि शिक्षामा समावेश गराउनु आवश्यक छ । 

हाम्रो परम्परा हिन्दु दर्शनमा आधारित छ । धर्मशाश्त्रले भन्छ रोग, शोक, द्वेष, पाप, दिनता, दासता, गरिबी, बेकारी, अभाव, अज्ञान, दुर्गुण, कुसंस्कार आदि अवस्थाबाट मुक्ति पाउनु नै शिक्षा हो ।  हाम्रो शिक्षा यो अवस्थामा कस्तो छ ? 

शिक्षासँग स्वालम्बनको उद्देश्य जोडिनु पर्दछ । शिक्षाले जीविकोपार्जनको लागि नोकरीको बाटो मात्र खुला गर्छ भनेर मात्र बुझ्नु र ब्यवहारिक शिक्षा दिन नसक्नु लाजमर्दो अवस्था हो ।  प्रायः विद्यार्थीको लक्ष्य नोकरीमा गएर ठोकीनु पनि सरकारले शिक्षामा गरेको लगानी र प्रयोजनको असफलता हो भनिरहँदा यसमा कमजोरी भने सरकारको शिक्षा नीतिको नै देखिन्छ । शिक्षाले व्यक्तिको सर्वागिण पक्षको विकास गराउन सक्नुपर्दछ ।    

कुनै मानिस आफनो स्वालम्वन जीवन चलाउन सक्दैन वा कुनै ठूलो वा सानो सामाजिक उत्पादन गर्न सक्दैन भने उसलाई नोकरीको आवश्यकता पर्दछ । प्रत्येक शिक्षित व्यक्तिले यदि नोकरीकै आकांक्षा गर्दछ भने प्रत्येक विद्यार्थीको अगाडि नोकरीकै लक्ष्य हो भने यसलाई शिक्षाको सबै भन्दा ठुलो असफलता मान्नु पर्ने हुन्छ । 

विवेचना र समीक्षाको दायरालाई बढाएर मात्र हुदैन शिक्षाको प्रयोजनको लागि यसलाई एउटा निश्चित रुप दिन सक्नुपर्दछ ।

शिक्षालाई यस्तो हुनुपर्दछ जसले घरेलु प्रयोजनलाई प्राथामिकता दिन सक्छ । हामीले घरेलु उत्पादन लाई बढवा दिन सक्नु पर्दछ । स्वावलम्बी अर्थ व्यवसायको लागि घरेलु उद्योगलाई नै प्रोत्साहन दिनु पर्दछ । घरेलु उद्योगलाई स्थापित तथा विकास गर्दै गाँउ गाँउमा स साना कलकारखानाहरु खोलेर गाँउघरलाई ब्यवस्थित बनाउनु पर्दछ । जसले गर्दा कसैले बेरोजगार बस्नु पर्दैन ।

सबैले काम पाउन सक्छन, सबैको आवश्यकता पुरा हुन थाल्छ । गाँउघरमा परम्परागत रुपमै का मगर्नेहरुले पनि कृषि र पशुपालनबाट बचेका समयलाई यस्तो प्रयोजनको लागि प्रयोग गर्न सक्दछन भने कोहि पनि बेरोजगार बस्नु पदैन ।  

घरेलु उत्पादनलाई जम्मा गर्ने बिक्रीवितरण गर्ने कार्यको लागि सहकारिताबाट सहकारी मार्फत  कार्य गर्न सकिन्छ । यसरी आजको हाम्रो समाजमा रहेको अस्तव्यस्थ समस्या समाधानको लागि सुव्यवस्थित शिक्षा पद्धतिको आवश्यकता पर्दछ ।  यो प्राविधिक ज्ञान सहितको शिक्षा पद्धतीबाट नै सम्भव छ ।

विद्यालय विश्वविद्यालयको शिक्षालाई व्यवस्थित बनाउन सक्यौं भने जीविकोपार्जनकै लागि विदेशिनुपर्ने बाध्यात्मक अवस्थाबाट हामी विस्तारै बाहिर आउनसक्छौ ।
 शिक्षामा मानवीय कर्तव्य र उत्तरदायित्वको कुरालाई शैदान्तिक होइन ब्यवहारीक रुपमा सिकाइनु पर्दछ ।  

समाजमा नैतिकता, अनुशासन, सामाजिकता, मानवीयता, सहिष्णुता किन आवश्यक छ भन्ने कुराको उदाहरण सहित शिक्षार्थीलाई बुझाउन सक्नुपर्दछ । विवेचना र समिक्षाको दायरालाई बढाएर मात्र हुदैन शिक्षाको प्रयोजनको लागि यसलाई एउटा निश्चित रुप दिन सक्नुपर्दछ । शिक्षामा मानव जीवनको आवश्यकता पूर्तिको लागि आवश्यक उचित स्थान हुनुपर्दछ ।   

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै