• २०८१ बैशाख ८ शनिबार

अमेरिकी गुप्तचर प्रमुखले उत्तर कोरियाका उनलाई भेटेको ट्रम्पद्वारा पुष्टि 

kharibot

उत्तर अमेरिका । अमेरिकी गुप्तचार (सीआईए)का प्रमुखले उत्तर कोरियाका नेता किम जोंग उनलाई भेटेको राष्ट्रपति डोनाल्ड ट्रम्पले पुष्टि गरेका छन् । बुधबार एक ट्विट गर्दै राष्ट्रपति ट्रम्पले गत हप्ता गुप्तचरप्रमुख माइक पोम्पेओ र नेता उनबीच उच्चस्तरीय भेटवार्ता भएको पुष्टि गरेका हुन् । 

यसअघि अमेरिकी मिडियाहरुले स्रोतको हवाला दिँदै  अमेरिकी गुप्तचर प्रमुख पोम्पेओले नेता उनसँग भेटेको समाचार लेखेको घण्टौँपछि राष्ट्रपति ट्रम्पले त्यसको पुष्टि गरेका हुन् । ट्रम्पका अनुसार भेट निकै न्यानो र असर सम्बन्धका लागि भएको हो । 

 

एकअर्काविरुद्ध गम्भीर तनाव रहेका दुई राष्ट्र उत्तर कोरिया र अमेरिकाका राष्ट्रपतिबीच यही महिना ऐतिहासिक भेटघाट हुँदै छ । सीआईए प्रमुखले नेता उनसँग गरेको भेटघाटलाई दुई देशीय राष्ट्रपतिबीचको भेटघाटको गृहकार्यका रुपमा हेरिएको छ । राष्ट्रपति ट्रम्पले कोरियाली प्रायद्वीपमा आणविक निःशस्त्रीकरणलाई महत्व दिने भन्दै यसले विश्व र उत्तर कोरियाकै लागि पनि ठूलो उपलब्धि हुने बताएका छन् । 

केही समयअघि सम्पन्न ओलम्पिक खेलका कारण एकाएक दुई कोरियाबीचको तनाव कम हुँदै गएको थियो । त्यसलगत्तै उत्तर र दक्षिणका राष्ट्रपतिबीच भेट हुने तय भए पनि केही समयमै हुने बताइएको छ । उत्तरले नै अमेरिकी राष्ट्रपतिसँग प्रत्यक्ष वार्ताको प्रस्ताव दक्षिण कोरियाली दूतमार्फत पठाएको थियो । त्यसलाई आश्चर्यजनक रुपमा ट्रम्पले स्वीकारेपछि अहिले नाटकीय रुपमा अशान्त रहँदै आएको कोरियाली प्रायद्वीपमा शान्ति छाउने आशा गरिएको छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै