• २०८१ बैशाख ११ मंगलबार

बारामा औषधि अभाव

kharibot

बारा । नेपाल सरकारले गरिब तथा दलित विपन्न वर्गका व्यक्तिहरुलाई सामान्य बिरामी परेको बेला स्थानीयस्तरमै सञ्चालित सरकारी अस्पताल स्वास्थ्य केन्द्र तथा स्वास्थ्य चौकीहरुमा गएर उपचार गराई औषधि समेत निःशुल्क पाइरहँदा समेत स्थानीय तहको निर्वाचनपश्चात् हालसम्म औषधि खरिद प्रक्रिया पूरा नगरेका कारण स्थानीय तहमा गाभिएका अस्पताल, स्वास्थ्यकेन्द्र र स्वास्थ्य चौकीहरुमा अहिले सम्म औषधीको अभावमा सञ्चालन हुँदै आएका छन् । 

दैनिक आउने सामान्य बिरामीहरुले पनि निःशुल्क पाउने औषधि पनि खरिद गर्नुपर्ने बाध्यता बन्दै गएको छ बारामा यति खेर । ७० हजारभन्दा बढी जनसंख्या भएको बाराको प्रसौनी गाउँपालिकामा रहेको एक मात्र प्रसौनी स्वास्थ्य केन्द्र रहेको छ । डाक्टर, नर्स र सहयोगी गरी नौ जनाको दरबन्दी रहेको छ प्रसौनी स्वास्थ्य चौकीमा । 

जहाँ विगत छ महिना पहिला दैनिक ५० जनाभन्दा बढी बिरामीहरु आउने गर्दथे । तर, स्थानीय निर्वाचनपश्चात् पाँच महिनादेखि औषधिको अभावमा एक जना विरामी नआएका कारण दिन भरि बसेर समय विताउँनु परेका छन् , यहाँका डाक्टर र नर्सहरुले । सरकारले यस्ता स्वास्थ्य केन्द्रमा चेकजाँच गराउँन आउँने विरामीहरुलाई ३५ प्रकारको निःशुल्क रुपमै उपलब्ध गराउँदै आएको भएता पनि विगत पाँच महिनादेखि समान्य औषधि समेत नभएको प्रसौनी स्वास्थ्य केन्द्रका प्रमुख डा. वीरदेव झाले बताए । 

एन.सी सेवा, पी.एन.सी खोप कार्यक्रम, परिवार नियोजन तथा इमरजेन्सी सेवा सञ्चालन गरी झण्डै छ वर्षदेखि सेवा दिँदै आएका स्वास्थ्य केन्द्रमा लिखित रुपमै औषधि माग गरेको चार महिनाभन्दा बढी समय बितिसक्दा समेत गाउँपालिकाले औषधि खरिद गरी नपठाएको झाले बताए । त्यसैगरी विश्रामपुर गाउँपालिकाअन्तर्गत रहेका स्वास्थ्य केन्द्रमा पनि विगत पाँच महिना देखि आउँने विरामीहरुलाई चेकजाँच गरी औषधि नभएको जानकारी दिनासाथ गाली गलौज गरी जाने तथा हामीहरुलाई गाली खाएर बस्नुपरेको प्रमुख रिना जैसवालले बताईन् । 

सरकारले प्रत्येक साविक गाउँ विकास समितिमा एउटा स्वास्थ्य संस्था सञ्चालनमा ल्याइएको थियो । सोही स्वास्थ्य सेवामार्फत आम नागरिकहरुलाई निःशुल्क रुपमै बढीमा ७० प्रकारका औषधिहरु उपलब्ध गराउँदै आएका थिए । तर, यस जिल्लामा एउटा मात्र जिल्ला अस्पताल कलैया अस्पतालमा समेत औषधी सकिएको महिनौं भई सक्यो । अस्पतालमा आउने बिरामीहरु चेकजाँच गरी निजी औषधी पसलहरुमा औषधी किन्न बाध्य भएको बिरामी तथा स्थानीयबासीहरुले बताएका छन् । 

विगतको वर्षहरुमा प्रत्येक तीन÷तीन महिनामा यस जिल्ला जनस्वास्थ्य कार्यालयले जिल्ला अस्पताल स्वास्थ्य केन्द्र तथा संस्थाहरुमा सरकारले उपलब्ध गराउँदै आएको निःशुल्क औषधी खरिद गरी पठाउँदै आएको थियो । 

तर, स्थानीय निर्वाचनपश्चात् औषधि खरिदको बजेट नै जनस्वास्थ्यबाट कटौती गरी सम्बन्धित उपमहानगरपालिका, नगरपालिका र गाउँपालिकामा पठाएको कारण आफूहरुले खरिद नगरी सम्बन्धित स्थानीय निकायले खरिद गरी वितरण गर्नुपर्ने भएको हुनाले अहिलेसम्म प्रक्रिया थाहा नभएको हुनाले ढिलो हँने गरेको जिल्ला जनस्वास्थ्य कार्यालय बाराका प्रमुख रौशनलाल चौधरीले बताए ।

एका तिर स्थानीय तहसँग सम्बन्धित अस्पताल , स्वास्थ्य केन्द्रहरुमा औषधी छैन , भने अर्को तिर औषधी खरीदको लागि टेन्डर गरि सकेका छौं र औषधी आउँन अझ २० दिन समय लाग्ने प्रक्रियाले बताई रहँदा समेत निःशुल्क औषधी पठाई सकेको कलैया उपमहानगरपालिकाका मेयर राजेश राय यादवले दावी गरे । 
१६ वटा स्थानीय तह अन्तर्गत ९४ वटा स्वास्थ्य चौकी पाँच वटा प्रार्थमिक स्वास्थ्य केन्द्र र एउटा जिल्ला अस्पताल गरी एक सयको संख्यामा स्वास्थ्य संस्थाहरु संचालनमा रहेका छन् यस जिल्लामा । 

तर , ती स्वास्थ्य संस्थाहरुमा जनस्वास्थ्यको अधिकार कटौती भए पश्चात झण्डै सात महिनादेखि स्थानीय तहका निर्वाचित पदाधिकारीहरु बजेट हुँदाहँुदै अहिलेसम्म औषधी समेत औषधि खरिद गरी पठाउँन नसक्दा आम जनताहरुले महंगो शुल्क तिरी औषधी खरिद गर्नु परेको छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै