• २०८१ बैशाख १४ शुक्रबार

घरमै बनाउन सकिन्छ ‘मेकअप स्प्रे’ ! पसिनाले पनि हटाउन सक्दैन ! 

kharibot

स्वास्थ्य । गर्मी मौसममा अनुहारमा धेरै निखारता आउदछ । पसिनाले मेकअपलाई खराव गर्दछ भन्ने कुरा हामी सबैले महसुस गरेकै कुरा हो । पाटीमा जादै हुनुहुन्छ भने मेकअप गर्न जरुरी हुन्छ । 

अब गर्मी मौसम सुरु भइसकेको छ । यो मौसमा महिलाहरुलाई पसिनाले मेकअप पखालेर हैरान बनाउछ । जाडोको तुलनामा गर्मीमा अनुहारमा धेरै निखारता आउदछ । तर पसिनाले मेकअपलाई समस्या ल्याइदिन्छ । केही महिलाहरु पसिनाले समस्या ल्याउदछ भनेर कतिपय केटीहरुले यो सिजनमा मेकअप नै गर्दैनन् । 

अफिस जान तथा कुनै पाटी तिर जान पर्यो भने अनुहारमा मेकअप गर्नु पर्ने हुन्छ ।  तर गर्मीले पसिना चल्छ र केही समयमा नै मेकअप पखाल्न सुरु हुन्छ । मेकअपलाई धेरैबेर टिकाइराख्नको लागि महिलाहरु मेकअप स्प्रेको प्रयोग गर्दछन् । तर बजारमा पाइने मेकअप स्प्रेमा केमिकल मिसाइएको हुन्छ । यसै कारण आज हामी घरैमा स्पे्र बनाउने तरिका सिक्दैछौ :
 
बनाउने तरिका 
स्प्रे बनाउनको लागि तपाई सबै भन्दा पहिले एउटा बोतल लिग्नुस र त्यसमा ग्लिसरिन गुलावजल र विच हैजल लाई राम्रोसँग मिलाएर  यसलाई पानीमा हालेर राम्रोसँग मिक्स गनुसर्् । जव तेल यसमा मिक्स हुन्छ त्यसपछि नरिवलको तेल पनि यसमा मिसाउने अनि मेकअप स्प्रे तयार हुन्छ ।

जब तपाई कतै जानको लागि मेकअप गर्नुहुन्छ यसलाई आफ्नो अनुहारमा स्प्रे गरेर सुक्न दिनुहोस् । यसको सबै भन्दा राम्रो विशेषता भनेकै यसले कनै पनि किसिमको असर गर्दैन र मेकअप पनि टिकाइराख्दछ । आवश्यकताभन्दा बढी मेकअप स्प्रे गर्नु हुँदैन, यसले अनुहारमा नराम्रो धब्बा देखिन सक्छ ।
 
यस कुरामा ध्यान राख्न आवश्यक छ
अव गर्मीको मौसम सुरु भएको छ । त्यसैले मेकअप गर्ने बेलामा ध्यान दिनु आवश्यक हुन्छ । 

यदि ओठलाई हाइलाइट गर्दै हुनुहुन्छ भने आँखामा मेकअप हल्का गर्ने । 

मेकअप हटाउनको लागि अनुहारमा काटनको साथ माश्चराइजको प्रयोग गर्ने । 

यदी तपाई अनुहारमा फाउण्डेशन लगाउदै हुनुहुन्छ भने सँगै हल्का पाउडर पनि लगाउनुस् । 

अतिरिक्त मेकअप हटाउनको लागि ब्लाँटिंग पेपर साथमा राख्ने । 

ओइल फ्रि फाउण्डेसनको पनि प्रयोग गर्ने । 

सुत्नभन्दा पहिला राम्रोसँग अनुहार धोएर मेकअप उतारेर सुत्नु पर्दछ । 

आँखाको लागि खासगरी अल्कोहल फ्रि मेकअप रिमुभरको प्रयोग गर्ने । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै