• २०८१ बैशाख १३ बिहीबार

विद्यालय भर्ना अभियान : प्रचण्ड मुसहर र माझीका अभिभावक बने 

kharibot

चितवन । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले नेपाल सरकारको बालबालिका भर्ना अभियान अन्तर्गत पश्चिम चितवनको मेघौलीमा अल्पसंख्य समुदायका बालबालिकाहरुलाई विद्यालय भर्ना गर्ने गरेका छन् ।

प्रचन्डले चितवन जिल्लाको मेघौलीस्थित साझापुर माध्यमिक विद्यालयमा माझी र मुसहर समुदायका दुई बालकलाई विद्यालयमा भर्ना गरी अभिभावकत्व ग्रहण गरेका हुन् ।

प्रचण्डले ९ वर्षका अरुण मुसहर र ५ वर्षका पत्रुस माझीलाई विद्यालयमा भर्ना गरेका छन् ।  प्रचण्डको अभिभावकत्वमा दुई बालकहरुले कक्षा १२ सम्म निःशुल्क अध्ययन गर्न पाउनेछन् । मेघौलीको उक्त क्षेत्र अल्पसंख्यक माझी, बोटे र मुसहरहरुको बाहुल्य रहेको क्षेत्र हो ।

सरकारले यसअघि प्रधानमन्त्रीदेखि वडाअध्यक्षसम्मले विपन्न बालबालिकाको अभिभावकत्व ग्रहण गर्ने निर्णय गरेको थियो ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै