• २०८१ बैशाख ७ शुक्रबार

संजय दत्त र माधुरी दिक्षित दुई दशक पछि फेरी सँगै 

kharibot

मुम्बई । बलिवुडका एक समयका चर्चित जोडी संजय दत्त र माधुरी दिक्षित फेरी पर्दामा सँगै देखिने भएका छन् ।

खलनायक, साजन जस्ता सुपरहिट फिल्ममा सँगै काम गरेको यो जोडी लगभग २१ बर्षपछि सिल्भर स्क्रिनमा सँगै देखिन लागेको हो । करण जोहरले निर्माण गर्न लागेको फिल्म ‘कलंक’ मा यो जोडी काम गर्ने भएको जानाकरी दिइएको छ ।

धर्मा प्रोडक्सनले यस बारे घोषणा गर्दै फिल्ममा संजय र माधुरीका अलावा आलिया भट्ट, सोनाक्षी सिन्हा, बरुण धवन र आदित्य रोय कपुर पनि हुने घोषणा गरिएको छ । फिल्म अर्को बर्षको अप्रिल १९ मा रिलिज गर्ने घोषणा गरिएको छ । अभिषेक बर्मनले निर्देशन गर्ने यस फिल्मलाई करण जोहर, साजिद नादियाडवाला, अपूर्व मेहताले निर्माण गर्दै छन् ।

रिलका सुपरहिट जोडी संजय दत्त र माधुरी एक समय उनीहरुको प्रेमका कारण पनि निकै चर्चामा रहेका थिए । संजय दत्त जेल गएपछि माधुरीले संजयलाई छोडेको बताइए पनि यस बारेमा दुवैले सार्वजनिक रुपमा कहिल्लै केहि बताएका छैनन् ।  
  
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै