• २०८१ बैशाख १३ बिहीबार

बंगलादेशमा हुने साफ फुटबल च्याम्पियनसीपको ड्र सार्वजनिक, नेपाल समुह ‘ए’ मा 

kharibot

काठमाडौँ ।  बंगलादेशमा हुने साफ फुटबल च्याम्पियनसीपको ड्र सार्वजनिक भएको छ ।

आज सार्वजनिक भएको ड्रमा नेपाल समूह ए मा परेको छ । नेपाल रहेको समूहमा बंगलादेशसँगै भुटान र पाकिस्तान गरी चार टिम रहेका छन् । दक्षिण एसियाली फुटबल महासंघ ढाकामा गरेको ड्र मा समूह बी मा भारत, श्रीलंका र माल्दिभ्स रहेका छन् । 

यसअघिका संस्करणमा फाइनल यात्रा तय गरेको अफगानिस्तान भने मध्य एसियामा सरेपछि सहभागी टोली संख्या ७ मा झरेको हो ।

नेपालले अहिलेसम्म साफ च्याम्पियनसिपको सेमिफाइनल चरण पार गरेको छैन । पछिल्लो संस्करणमा समूह चरणबाटै बाहिरीएको नेपाल २०१३ मा सेमिफाइनलमा पराजित भएको थियो ।

प्रतियोगिता आगामी सेप्टेम्बर ४ देखि १८ सम्म बंगलादेशको ढाकामा हुने छ । 

फिफाको पछिल्लो वरियतामा नेपालले तीन स्थान सुधार गर्दै १६२औं स्थानमा उक्लिएको छ भने सार्क देशमा नेपालभन्दा अगाडी भारत र माल्दिभ्स रहेको छ । भारत ९७औं स्थानमा छ भने माल्दिभ्स १४७औ स्थानमा, भुटान १८४औ स्थानमा, बंगलादेश १९७औ स्थानमा रहेको छ ।

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै