• २०८१ बैशाख १३ बिहीबार

ला लिगामा बार्सिलोनाको नयाँ रेकर्ड 

kharibot

काठमाडौँ । स्पेनिस ला लिगाको इतिहासमा बार्सिलोनाले नयाँ रेकर्ड बनाएको छ । 

गएराती ला लिगा अन्तर्गतको खेलमा सेल्टा भिगोसँग २-२ गोलको बराबरी खेलेको बार्सिलोनाले यस सिजनमा खेलेका ३३ खेलमा अपराजित हुदै नयाँ रेकर्ड बनाएको हो । बार्सिलोनाले यस सिजनमा २५ जित र ८ बराबरी खेलेको छ ।

बार्सिलोनाले सन १९७९-८० सिजनमा रियल सोसियडाडको एकै सिजनमा ३२ खेलमा अपराजित हुने रेकर्डलाई तोडेको हो । यस अघि अघिल्लो खेलमा बार्सिलोनाले सोसियडाडकै ला लिगामा कुल ३८ खेलमा लगातार अपराजित भएको रेकर्ड तोडेको थियो । बार्सिलोना अब ला लिगामा कुल ४० खेलमा अपराजित रहेको छ ।

बार्सिलोना लिगमा अब केबल ५ खेल खेल्न बाँकी छ । बार्सिलोनाको नगर अब ती ५ खेल पनि जितेर सिजनमा अपराजित हुने रेकर्ड राख्ने तर्फ रहेको छ ।

५ खेल मध्ये यस सिजनको दोस्रो एल क्लासिको पनि रहेको छ । बार्सिलोनाको घरेलु मैदानमा हुने सो क्लासिको आगामी मे ६ मा हुने छ । यद्यपि क्लासिकोको नतिजाले भने बार्सिलोनाको उपाधि जितमा कुनै असर गर्ने देखिदैन ।

यस खेलको बराबरीपछि बार्सिलोना ३३ खेलमा ८३ अंक सहित लिगको शिर्ष स्थानमा रहेको छ । बार्सिलोनाले दोस्रो स्थानमा रहेको एथलेटिको म्याड्रिडसँग १२ अंकको अग्रता लिएको छ । त्यस्तै सेल्टा भिगो भने ३३ खेलमा ४४ अंकसहित लिगको आठौ स्थानमा रहेको छ ।  

च्याम्पियन्स लिगबाट अप्रत्याशित रुपमा बाहिरिएको बार्सिलोनाले आगामी शनिबार कोपा डेल रेको फाइनलमा सेभिलाको सामना गर्दै छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै