• २०८१ बैशाख ५ बुधबार

बार्सिलोना सेल्टा भिगोसँग बराबरीमा रोकियो, लिगमा १२ अंकको अग्रता 

kharibot

काठमाडौँ । स्पेनिस ला लिगाको शिर्ष स्थानमा रहेको बार्सिलोना बराबरीमा रोकिएको छ । 

बार्सिलोना गएराती भएको सेल्टा भिगोसँगको खेलमा २-२ गोलको बराबरीमा रोकिएको हो । 

बार्सिलोनाका लागि ओसमान डेम्बेले र पाको अल्कासेरले एक-एक गोल गरेका थिए भने सेल्टा भिगोका लागि जोनी कास्ट्रो र लागो आसपासले गोल गरेका थिए ।

बार्सिलोन ले आफ्ना स्टार खेलाडी लियोनेल मेसी बिना खेलको सुरुवात गरेको थियो । खेलको ३६औ मिनेटमा डेम्बेलेको गोलबाट सुरुवाती अग्रता लिएको बार्सिलोनाले खेलको ४५औ मिनेटमा सेल्टाका जोनी कास्ट्रोले गोल गर्दै खेल बराबरी गरेका थिए ।

त्यसपछि खेलको ६४औ मिनेटमा अल्कासेरले गोल गर्दै बार्सिलोनालाई २-१ को अग्रता दिलाए । यसअघि खेलको ६०औ मिनेटमा फिलिप कोन्टिन्होलाई रिप्लेस गर्दै मेसी मैदानमा आएका थिए । खेलको ७१औ मिनेटमा बार्सिलोनाका सेर्गी रोबोर्टोले रातो कार्ड पाएर मैदान छोड्दा बार्सिलोना १० खेलाडीमा सिमित भएको थियो ।

सेल्टाले आसपासको गोलमा खेलको ८२औ मिनेटमा खेल बराबरी गर्दै बार्सिलोनासँग एक अंक लिन सफल भएको थियो ।

यो बराबरीपछि बार्सिलोना यस सिजनका ३३ खेलमा अपराजित रहदै नयाँ रेकर्ड पनि बनाएको छ । बार्सिलोनाले यस सिजनमा २५ जित र ८ बराबरी खेलेको छ ।

बार्सिलोनाले सन १९७९-८० सिजनमा रियल सोसियडाडको एकै सिजनमा ३२ खेलमा अपराजित हुने रेकर्डलाई तोडेको हो । यस अघि अघिल्लो खेलमा बार्सिलोनाले सोसियडाडकै ला लिगामा कुल ३८ खेलमा लगातार अपराजित भएको रेकर्ड तोडेको थियो । 

यस खेलको बराबरीपछि बार्सिलोना ३३ खेलमा ८३ अंक सहित लिगको शिर्ष स्थानमा रहेको छ । बार्सिलोनाले दोस्रो स्थानमा रहेको एथलेटिको म्याड्रिडसँग १२ अंकको अग्रता लिएको छ । त्यस्तै सेल्टा भिगो भने ३३ खेलमा ४४ अंकसहित लिगको आठौ स्थानमा रहेको छ । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै