• २०८१ बैशाख ८ शनिबार

आयुर्वेद चिकित्सालय नरदेवीका निर्देशक घुससहित पक्राउ 

kharibot

काठमाडौं ।  अख्तियार दुरुपयोग अनुसन्धान अयोगले आयुर्वेद चिकित्सालय नरदेवी, काठमाडौंका निमित्त निर्देशक, डाक्टर रामदेव यादवलाई घुस लिएको रकमसहित पक्राउ गरेको छ । 

आयुर्वेद स्वास्थ्य सहायक तेस्रो वर्षमा अध्ययनरत विद्यार्थीबाट लिएको ३७ हजार घुससहित डाक्टर यादवलाइ पक्राउ गरिएको अख्तियारले जनाएको छ ।

यादवले विद्यार्थीसँग तालिम प्रयोजनको लागि घुस मागेको उजुरी परेपछि अख्तियारले उनलाई आयुर्वेद चिकित्सालय नरदेवीको सरकारी निवासबाट घुस सहित पक्राउ गरेको हो ।

अख्तियारले अहिले यादवलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको जनाएको छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै