आयुर्वेद चिकित्सालय नरदेवीका निर्देशक घुससहित पक्राउ 

खरीबोट
ad

काठमाडौं ।  अख्तियार दुरुपयोग अनुसन्धान अयोगले आयुर्वेद चिकित्सालय नरदेवी, काठमाडौंका निमित्त निर्देशक, डाक्टर रामदेव यादवलाई घुस लिएको रकमसहित पक्राउ गरेको छ । 

आयुर्वेद स्वास्थ्य सहायक तेस्रो वर्षमा अध्ययनरत विद्यार्थीबाट लिएको ३७ हजार घुससहित डाक्टर यादवलाइ पक्राउ गरिएको अख्तियारले जनाएको छ ।

यादवले विद्यार्थीसँग तालिम प्रयोजनको लागि घुस मागेको उजुरी परेपछि अख्तियारले उनलाई आयुर्वेद चिकित्सालय नरदेवीको सरकारी निवासबाट घुस सहित पक्राउ गरेको हो ।

अख्तियारले अहिले यादवलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको जनाएको छ ।
 

सम्बन्धित समाचार

भूमिसुधारका नासु ३० हजार घुससहित पक्राउ

पथरी मोरङ । भूमिसुधार कार्यालय विराटनगरका नायब सुब्बा दामोदर खतिवडालाई रु ३० हजार घुससहित पक्राउ गरिएको छ ।  उनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरीमा कार्यरत प्रहरी निरीक्षक राजन कार्कीसहितको टोलीले आज विराटनगर

बाराको फेटा गाउँपालिकाका लेखापाल घुस रकमसहित पक्राउ

काठमाडौँ । बारा जिल्लास्थित फेटा गाउँपालिकाको कार्यालयका लेखापाल सौरभकुमार साहलाई घुस रकमसहित नियन्त्रणमा लिइएको छ ।  एचआइभीसम्बन्धी जनचेतनामूलक कार्यक्रमका लागि खर्च भएको रकम भुक्तानी दिने प्रयोजनका लागि सेवाग्राहीसँग घुस रकम माग गरिरहेको

अख्तियारद्वारा हुम्लाका दुई कर्मचारीविरुद्ध मुद्दा दायर

काठमाडौँ  ।  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले समाजिक सुरक्षा भत्तालगायतको रु ६२ लाख १२ हजार रकम भ्रष्टाचार गरेको अभियोगमा हुम्लाका दुई कर्मचारीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।  आयोगकाअनुसार हुम्लाको साविक कालिका,

बाँके डुडुवा गाउँपालिकाका इञ्जिनीयर एक लाख घुससहित पक्राउ

खजुरा, बाँके । बाँके डुडुवा गाउँपालिकाका इञ्जिनीयर तेजराज खड्का रु एक लाख घुस लिएको अभियोगमा पक्राउ परेका छन् ।  अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय कोहलपुरको एक टोलीले गए राति नेपालगञ्जको बिपी चोकस्थित