• २०८१ बैशाख ८ शनिबार

देवीघाट–गल्छी सडक खण्डमा भएको दुर्घटनामा एकको मृत्यु

kharibot

नुवाकोट ।  देवीघाट–गल्छी सडक खण्डस्थित बेलकोटगढी नगरपालिका– ५ कोल्पुटरमा मिनीट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । 

आज साँझ भएको सो दुर्घटनामा गल्छी गाउपालिका–१ का ५० वर्षीय हरिप्रसाद खतिवडाको मृत्यु भएको हो । 

गल्छीबाट देवीघाट आइरहेको बा २ क ४००८ नंं को मिनीट्रकले विपरित दिशाबाट आइरहेको बा ८६ प ९५२० नंं को मोटरसाइकललाई ठक्कर दिदाँ उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक लालबाबु शाहले जानकारी दिए । 

मोटरसाइकल पछाडि बसेका गल्छी गाउपालिका–१ का ४७ वर्षीय नवराज ओझा दुर्घटनामा परी गम्भीर घाइते भएकाले उपचारका लागि उनलाई काठमाडौँ पठाइएको छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै