राष्ट्रपतिको शपथ विवादसम्बन्धी रिट खारेज

खरीबोट
ad

काठमाडौँ ।  राष्ट्रपति विद्यादेवी भण्डारीले तत्कालीन प्रधानन्यायाधीश गोपाल पराजुलीबाट लिएको शपथविरुद्ध परेको रिट निवेदन सर्वोच्च अदालतले आज खारेज गरेको छ । 

न्यायाधीश सपना मल्ल प्रधानको एकल इजलासले राष्ट्रपति भण्डारीको शपथसम्बन्धी विवादको रिट निवेदन खारेज गरेको हो । 

अवकाश प्राप्त प्रधानन्यायाधीशले राष्ट्रपति भण्डारीलाई शपथ ग्रहण गराउनु असंवैधानिक भएको उल्लेख गर्दै अधिवक्ताद्वय नारायण खरेल र हेममणि सुवेदीले गत चैत १४ गते रिट निवेदन दायर गरेका थिए । 

रिट निवेदनमा न्याय परिषद्मा भएको तत्कालीन प्रधानन्यायाधीश पराजुलीको नागरिकता र शैक्षिक प्रमाणपत्रअनुसार गत साउन २१ गते नै उमेर हदले ६५ वर्ष पुगेको हुँदा उनले खुवाएको शपथग्रहण गैरकानूनी भएको उल्लेख गरिएको थियो । 

सम्बन्धित समाचार

दूरसञ्चार प्रधिकरणका खारेजीमा परेका अध्यक्ष झाले मुद्धा फिर्ता लिए 

काठमाडौँ । सर्वोच्च अदालतले नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष दिगम्बर झाको मुद्दा फिर्ता गर्ने फैसला सुनाएको छ ।  न्यायाधीशद्वय आनन्दमोहन भट्टराई र टंकबहादुर मोक्तानको संयुक्त इजलासले झाले मुद्दा फिर्ता गर्न निवेदन दिएपछि

फौजदारी मुद्धा लागे पनि सांसदको पद कायम रहने व्यवस्था संबिधान विपरित भन्दै सर्वोच्चमा रिट दायर 

काठमाडौँ । प्रतिनिधि सभा संचालन नियमावलीको नियम २४४ को ३ र ४ बदर गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ । अधिवक्ता रामचन्द्र (आरसी) गौतम र अधिवक्ता लोकेन्द्रबहादुर ओलीले

नियुक्ति खारेज गर्ने निर्णय तत्काल कार्यान्वयन नगर्न सर्वोच्चको आदेश 

काठमाडौँ । वर्तमान सरकारले देउवा नेतृत्वको सरकारले गरेका नियुक्ति खारेज गर्ने निर्णयलाई सर्वोच्च अदालतले रोक लगाएको छ ।  सर्वोच्चले गोरखापत्र संस्थानका महाप्रबन्धक वसन्तप्रकाश उपाध्याय, घरेलु तथा साना उद्योग विकास समितिका कार्यकारी

८० न्यायाधीश नियुक्ति विवाद संवैधानिक इजलाशमा

काठमाडौँ, । सर्वोच्च अदालतले उच्च अदालतका लागि नियुक्त भएका ८० न्यायाधीशको नियुक्तिका विषयमा भएको विवादलाई संवैधानिक इजलाशमा पठाउने आदेश जारी गरेको छ ।  न्यायाधीशहरु ओमप्रकाश मिश्र, बमकुमार श्रेष्ठ र डम्बरबहादुर शाहीको पूर्ण इजलासले