• २०८१ बैशाख १२ बुधबार

पेट्रोलियम पाइपलाइन विस्तार कार्य तिव्र गतिमा

kharibot

बारा । बहुप्रतिक्षित मोतिहारी–रक्सौल–अमलेखगंज पेट्रोलियम पाइपलाइन निर्माण आयोजनामा पाईप गाड्ने कार्य शुरु भएको छ । 

मंगलवार सिमरामा आयोजित एक कार्यक्रमका बिच बाराका प्रमुख जिल्ला अधिकारी विजय नारायण मानन्धरले पाइप गाड्ने कार्यको शिल्यान्यास गरेका हुँन् । 

गत फागुन २३ गते देखि आयोजनाले पाइपको वेल्डिङ कार्य शुरु गरेको थियो । भारतबाट आयातित पाइप वेल्डिङ गरि खाडलमा हाल्ने कार्य मंगलवारबाट शुरु भएको हो ।

जीतपुरसिमरा उपमहानगरपालिका २ स्थित तराई यातायात व्यवसायी संघको धर्मकाँटा नजिकबाट सोमवार खाडल खन्ने कार्य शुरु गरिएको थियो । 

भारतीय शहर रक्सौलदेखि बाराको अमलेखगंज सम्मको ३६.२०६ किलोमिटर लामो पेट्रोलियम पाइपलाइन विस्तारको जिम्मा पाएको भारतीय कम्पनी लिखिथा ईन्फ्रास्टक्चर का प्राविधिकहरुले पाइपलाइन विस्तारको काम गरिरहेका छन् ।

नेपाल आयल निगमको सिमरा स्थित पेट्रोलियम पाइपलाइन आयोजना कार्यालयका आयोजना विज्ञ शरदकुमार पौडेलले पाईप लाईन विस्तार कार्य आगामी १५ महिना भित्र सक्ने लक्ष्य रहेको जानकारी दिए । भारतिय कम्पनी लिखिथा इन्फ्रास्टक्चरले १५ महिना भित्र काम सक्ने गरि निर्माणको जिम्मा पाएको पौडेलको भनाई छ । 

निर्धारित समय मैं आयोजना सम्पन्न गर्न नेपाल र भारतमा गरि तिन सय बढि प्राविधिकहरुले एक साथ काम गरिरहेको भन्दै कुँनै अवरोध नभए निर्धारित समय मैं कार्य सम्पन्न हुने नेपाल आयल निगम क्षेत्रिय डिपो अमलेखगंजका डिपो प्रमुख ईन्जिनियर प्रदिप यादवले बताए । 

उनका अनुसार मोतिहारी देखि रक्सौल सम्म पाइप बिच्छाउँने कार्यका लागि भारतीय २ सय ७५ करोड लाग्ने र २ सय करोड भारतीय पक्ष र बाँकी रकम नेपालले खर्च गर्ने सहमती भएको जानकारी दिए । 

आयोजना सम्पन्न गर्न छोटो समयमा भारतीय पक्षले गरेको कार्यको प्रसंशा गर्दै प्रमुख जिल्ला अधिकारीले पाईप लाईन निर्माणका क्रममा देखिएका कठिनाईहरु जीतपुर बजार क्षेत्र , पथलैया अमलेखगंजमा रहेका वन जंगल, परवानीपुर बजार क्षेत्र एवंम् नेपाल भारत सिमा लगायतमा देखिएका अप्ठाराहरुलाई निराकरण गर्दे अगाडि बढ्ने जनाए । 

निर्माण स्थलको माटो परिक्षण पछि भारतमा निर्माण गरिएको औसत साँढे ११ मिटर लम्बाईका पाईप वेल्डिङ गरि जोड्ने कार्य पनि सँगसँगै चलिरहेको छ । पाइपको मोटाई १०.७५ ईन्च रहेको छ । पाइपलाइनको गहिराई साँढे २ मिटर रहँने छ । 

तर , खोला तथा अन्य केहि भागहरुमा आवश्यक्ता अनुसार १५ मिटरसम्म गहिरो बनाउँन पर्ने देखिएको आयोजनाले जनाएको छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै