प्रसिद्ध कोरियाली कलाकार चोइको मृत्यु

खरीबोट
ad

सोल (रासस/एएफपी) / दक्षिण कोरियाका एकजना प्रसिद्ध कलाकार चोइ इउन हाइको ९१ वर्षको उमेरमा निधन भएको खबर छ । दक्षिण कोरियाली यी कलाकारलाई शीतयुद्ध जारी रहेको समयमा सन् १९७८ मा उत्तर कोरियाले अपहरण गरेको थियो । 

उत्तर कोरियाका पूर्व नेता तथा राष्ट्रपति किम जोङ इलको आदेशमा उहाँलाई अपहरण गरिएको थियो । यसरी अपहरण गरी उहाँलाई बलजफ्ती रुपमा एक चलचित्रमा अभिनय पनि गर्न लगाइएको थियो । 

दशकौँसम्म दक्षिण कोरियामा प्रख्यात र लोकप्रीय रहेका कलाकार चोइलाई सन् १९७८ मा हङ्कङ्कमा रहेका बेला अपहरण गरिएको थियो । अपहरण गरेर उत्तर कोरिया पु¥याइएका कलाकार चोइले आठ दिनसम्म विरोधस्वरुप केही नखाई बस्नुभएको पनि जनाइएको थियो । 

चोइलाई उत्तर कोरियामा आठवर्षसम्म अपरहरण गरी राखिएको र किम जोङ इलको आदेशमा उहाँलाई १० वटाभन्दा बढी चलचित्रमा अभिनय गर्न लगाइएको थियो । 

सम्बन्धित समाचार

 डोल्पामा भिरबाट लडेर वृद्धको मृत्यु

 डोल्पा / डोल्पामा एक वृद्धको भिरबाट लडेर मृत्यु भएको छ । कैलाली जिल्ला बर्दिया नगरपालिका– ३ घर भएर डोल्पा त्रिपुरासुन्दरी नगरपालिका– ८ मा मादलको व्यपार व्यवसाय गर्दै आएका ५५ वर्षीय

बस दुर्घटनामा परी एक जनाको मृत्यु 

गाइघाट  । उदयपुरको त्रियुगा नगरपालिका-६ मा गएराती भारतीय नम्बरको बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।  भारतको फारबिस गन्जबाट जन्ती लिएर नेपाल आएको भारतीय नम्बरको बस गएराती पौँने १०

सर्पको डसाइबाट मृत्यु

झापा / विषालु सर्पको डसाइबाट आज झापामा एक जनाको मृत्यु भएको छ ।  मृत्यु हुनेमा बिर्तामोड नगरपालिका– ६ बुट्टाबारी निवासी ४५ वर्षीय पिताम्बर ढकाल रहेका छन् । ढकाललाई आज बिहान गोठमा

मोरङमा कारको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

मोरङ /  मोरङको उर्लाबारी–८ स्थित उर्लाबारी–बरडंगा सडकखण्डमा गए राति कारको ठक्करबाट एक मोटरसाइकल चालकको मृत्यु भएको छ ।  उत्तरबाट दक्षिणतर्फ जाँदै गरेको बा८च ३०९७ नंको कारले विपरीत दिशाबाट आउँदै गरेको ज९प ७८१८