• २०८१ बैशाख ७ शुक्रबार

प्याजको कमाल ! तरकारी र स्वास्थ्य दुवैलाई फिट !

kharibot

स्वास्थ्य । प्याज खानलाई स्वादिलो बनाउने मात्र नभएर प्याज स्वास्थ्यको लागि पनि फाइदाजनक छ । हरेक भान्सामा पाइने प्याजको प्रयोग संसारभर नै हुने गर्दछ ।  कुनै पनि परिकारमा यसको प्रयोग गर्नेबित्तिकै यसको स्वादमा परिवर्तन ल्याइदिन्छ, स्वाद कैयौं गुना बढ्न जान्छ । र प्रायःजसो मानिसलाई प्याजको स्वाद मन पर्दछ ।

प्याजले तरकारीलाई स्वादिलो मात्र बनाउने मात्र नभएर यसको चमत्कारी फाइदा पनि छ ।  धेरै लामो समयदेखि नै संसारभर विभिन्न तरिकाबाट प्याजको प्रयोग गर्दै आएको पाइन्छ ।  प्याजमा धेरै औषधीय गुण पाइन्छ । यो कुरा विश्व स्वास्थ्य संगठनले पनि पुष्टि गरिसकेको छ । के के हुन्छन त प्याजको प्रयोगबाट स्वास्थ्यमा फाइदा ः 

भिटामिन र मिनरलको स्रोत 
प्याजमा भिटामिन ‘ए’, ‘सि’, र ‘इ’ पाइन्छ । यसको साथै यसमा मिनरल सोडियम, पोटासियम, आइरन र फाइबर फाइन्छ । प्याजमा फोलिक एसिड पनि पाइन्छ ।  फोलिक एसिड विशेष गरी गर्भवती महिला र बच्चाहरुको लागि फाइदाजनक हुन्छ । 

इन्फेक्सन कम 
प्याजमा एन्टि बायोटिक, एन्टिसेप्टिकर, एन्टिमाइक्रोबियल तत्व पाइन्छ । जसले शरीरमा हुन सक्ने इन्फेक्सनलाई रोक्न मद्दत गर्दछ । प्याजमा एन्टि अक्सिडेन्ट पनि पाइन्छ, जसले भरिमा भएको विषादी तत्वलाई कम गर्दछ । 

फाइटोकेमिकल पाइन्छ 
प्याजमा फाइटोकेमिकल पनि पाइन्छ जसले शरिरमा भिटामिन ‘सि’ को मात्रा बढाउनुका साथै रोग प्रतिरोधात्मक क्षमता पनि बढाउछ ।  यसरी तपाईलाई प्याजले धेरै रोगबाट टाढा राख्नमा सहयोग पुर्याउछ  । 

रगत प्रवाह 
प्याजमा क्रोमियम पनि पाइन्छ जसले सरिमा रक्तसंचारलाई सन्तुलन गराउदछ । र शरिरमा शुगर र कोलेस्टोलको पनि नियन्त्रण गर्दछ ।  कोलस्टोलक नियन्त्रण रह्यो भने ह्रदय स्वस्थ  रहन मदत पुग्दछ  । 

गर्मीमा फाइदाजनक 
गर्मीमा पनि प्याज धेरै फाइदाजनक हुन्छ । ककच्चो प्याजको सेवगनले पनि लु बाट बच्न सहयोग गर्दछ । 

दुःखाइमा राहात 
प्याजको रस धेरै फाइदाजनक हुन्छ । प्याजको रसले पोलेको तथा दुखेको ठाँउमा धेरै राहात दिन्छ । यसको साथै कानमा पनि दुखाइ छ भने प्याजको रसको दुई तिन थोपा कानमा राख्नाले दुखाई कम हुन्छ । 

एसिडिटीको लागि फाइदाजनक 
प्याजको सेवनले ग्याँसको समस्यामा पनि धेरै आराम मिल्दछ । यसको लागि प्याजको रस एक चम्चा, थोरै अदुवा, लहशुन , एक चम्चा मह, र २ चम्चा पानी मिलाउने र मिश्रणलाई तयार बनाउने र दिनमा एक पटक सेवन गर्ने गरेमा ग्याँसको समस्याबाट तपाई  राहत मिल्दछ  ।  

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै