• २०८१ बैशाख ८ शनिबार

नेप्से सुचक तथा कारोवार रकम दुबैमा उच्च बृद्धि, बीमा समुहको सुचकमा ३६० अंकको बृद्धि

kharibot

काठमाडौं । नेप्सेमा आज पनि सुधार आएको छ । 

साताको तेस्रो कारोवार दिन आज मंगलबार नेप्से सुचक तथा कारोवार रकम दुबै नै उच्च अंकले बढेकाछन । आज नेप्से ३३ दसमलव ६१ अंकले बढेर १३ सय ३१ दसमलव १८ बिन्दुमा चढ्दा सेन्सिटिभ छ दसमलव ३२ अंकले बढेर दुई सय ८२ दसमलव ५८ बिन्दुमा चढेको छ । 

एक सय ६६ कम्पनीहरुको एक हजार एक सय १२ वटा कारोवारमा १९ लाख १० हजार दुई सय २८ कित्ता सेयर खरिद बिक्री भएकाछन । उक्त परिमाणमा सेयर खरिद बिक्री हुंदा कारोवार रकम ९६ करोठ २८ लाख ७६ हजार चार सय एक रुपैयाँ पुगेको छ । 

नेप्सेमा आज १० वटा समुहको कारोवार भएकोमा ट्रेडिङ समुहको सुचकमा पाँच दसमलव ५७ अंकले गिरावट देखिएपनि बाँकी नौ वटा समुहको सुचक उच्च अंकले बढेको छ । 

सबैभन्दा उच्च अंकले बढेको बीमा समुहको सुचक एकै दिन तीन सय ६० दसमलव ४३ अंकले बढेर छ हजार आठ सय ९८ दसमलव ५९ बिन्दुमा चढ्दा ३८ करोड ७४ लाख ७८ हजार रुपैयाँको सेयर खरिद बिक्री भएको छ ।

बाँणिज्य बैक समुहको सुचक पनि १२ दसमलव दुई अंकले बढेर ११ सय ४८ दसमलव २७ बिन्दुमा चढ्दा १९ करोड १६ लाख ७४ हजार रुपैयाँको सेयर खरिद बिक्री भएको छ ।

यसैगरी बिकास बैंक समुहको सुचक ३५ दसमलव ५१ अंकले बढेर १४ सय ४५ दसमलव ८० बिन्दुमा चढ्दा तीन करोड ६० लाख ५४ हजार तीन सय रुपैयाँको सेयर खरिद बिक्री भएको छ । यसबाहेक जलबिद्युत, फाईनान्स, उत्पादनमुलक, अन्य र लघुबित्त समुहको कारोवार सुचक पनि आज बढेकाछन । 

आज बढी कमाउने कम्पनीको सुचीमा परेको महिला सहयात्रा बित्तीय संस्थाको सेयर मुल्य १० रुपैयाँले बढेर सात सय ७० रुपैयाँमा कारोवार भएको छ भने बढी गुमाउने कम्पनीको सुचीमा परेको सहयोगी बिकास बैकको सेयर मुल्य चार रुपैयाँ ५८ पैसाले घटेर दुई सय आठ रुपैयाँमा प्रतिकित्ता सेयर कारोवार भएको छ । 

रकम कारोवारका आधारमा अग्रस्थानमा परेको शुर्या लाईफ इन्स्योरेन्स कम्पनीको प्रतिकित्ता नौ सय ५७ रुपैयाँमा पाँच करोड ९८ लाख आठ हजार छ हजार आठ सय १५ रुपैयाँको कारोवार भएको छ ।

यसैगरी नेपाल लाइफ ईन्स्योरेन्स कम्पनीको पनि आज १२ सय नौ रुपैयाँ अन्तिम मुल्यमा तीन करोड नौ लाख १२ हजार ३९ रुपैयाँको सेयर कारोवार भएको छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै