आसीसीद्वारा क्यानको विशेष साधारणसभाको स्वागत, निलम्बन फुकुवाका लागि एक कदम अगाडी बढ्यो 

खरीबोट
ad

काठमाडौँ । आईसीसीले क्यानको विशेष साधारणसभालाई स्वीकृति दिनुका साथै यो पहललाई सकारात्मक रुपमा लिएको जनाएको छ । 

आर्इसीसीले क्यानको विशेष साधारणसभाबाट निलम्बन फुकुवाका लागि एक कदम अगाडि बढेको बताएको छ ।

निलम्बित क्यानले आज पत्रकार सम्मेलन गर्दै आगामी विहिबार र शुक्रबार विशेष साधारण सभा बोलाउने जानकारी गराएसँगै आसीसीले एक विज्ञप्ती जारि गर्दै क्यानको सो कदमको स्वागत गरेको छ ।

आइसीसीले नेपालले हालै पाएको एकदिवसीय मान्यता ऐतिहासिक भएको भन्दै, सल्लाहकार समुहले दिएको सुझावको आधारमा विधान संशोधन भए आगामी जुलाईमा बस्ने आइसीसीको बार्षिक बैठकले नेपालको निलम्बन फुकुवा गर्ने उल्लेख गरेको छ ।

आसीसीका डेपुटी चेयरम्यान इमरान ख्वाजाले आफुहरुले नेपालको क्रिकेटको पछिल्लो घटनाक्रमलाई नजिकबाट हेरेको भन्दै विशेष साधारणसभा सकिना साथ आसीसीको बोर्ड बैठक बस्ने बताएको आसीसीले उल्लेख गरेको छ ।

आर्इसीसी कै पहलमा विवाद समाधानका लागि सल्लाहकार समिति गठन भएको थियो । त्यो समितिले क्यानको विधान संशोधन गरे पनि निर्वाचित क्यानले आफ्नो अडान राख्दै विवाद सिर्जना गरेको थियो ।

त्यस विधानलाई आईसीसीसामु बुझाए पनि विश्व क्रिकेटको सर्वोच्च निकाय सन्तुष्ट नहुँदा फेरि साधारणसभा गरेर सल्लाहकार समितिले तयार पारेको विधान अनुसार नै पारित गर्न निर्देशन दिएको थियो । 

सम्बन्धित समाचार

बलिवुड अभिनेत्री सोनाली बेन्द्रे क्यान्सरबाट पिडित, आफैले गरिन् खुलासा 

काठमाडौं । बलिवुड अभिनेत्री सोनाली बेन्द्रेले आफुलाई क्यान्सर भएको खुलासा गरेकी छन् । सामाजिक संजालमा एक संदेश पोष्ट गर्दै बेन्द्रेले आफु क्यान्सरबाट पिडित भएको र हाल उपचारको क्रममा अमेरिकाको न्युयोर्कमा रहेको

एनएमबी बैंक र नेपाल क्यान्सर अस्पतालबीच सम्झौता

काठमाडौँ । एनएमबि बैंकले आफ्ना सम्पूर्ण ग्राहक तथा कर्मचारीहरुका लागि नेपालको आधुनिक क्यान्सर अस्पतालसँग बिभिन्न सेवा तथा सुबिधाहरुमा छुट प्रदान गर्ने बिशेष सम्झौता गरेको छ ।   सम्झौतामा एनएमबी बैंकका चिफ

ग्लोबल टि-२० लिग खेल्न सन्दीप आज क्यानडा जादै, पहिलो खेल गुमाउने 

काठमाडौँ । नेपाली युवा बलर सन्दीप लामीछाने क्यानडामा हुने ग्लोबल टि-२० लिग खेल्ने ढिलो गरि पुग्ने भएका छन् । गएरातीबाट सुरु भएको ग्लोबल टि-२० लिगका लागि क्यानडा जान सन्दीपको भिसा प्रक्रियाले

सुशील कोइराला क्यान्सर अस्पताल सञ्चालन सोमबारदेखि

नेपालगञ्ज। बाँके जिल्लाको खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालले भोलि सोमबारदेखि ओपिडी सेवा शुरु गर्ने भएको छ ।  ओपिडी सेवा सञ्चालनका लागि अस्पताल व्यवस्थापन समितिले चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारीको व्यवस्थापन र सबैखाले