अखिलका एक सदस्यले एक विद्यार्थी भर्ना गराउने

खरीबोट

नवलपरासीको ग्रामीण क्षेत्रमा गुणस्तरीय शिक्षा प्रदान गर्न र नमुना विद्यालय बनाउन स्थानीय तहद्वारा भर्ना अभियान सञ्चालन गरिँदै । तस्वीर : पुरुषोत्तम सुबेदी, नवलपरासी, रासस

काठमाडौँ ।  नेकपा (एमाले) निकट अनेरास्ववियु सामुदायिक विद्यालयमा एक विद्यार्थी भर्ना गराउने अभियान सञ्चालन गर्ने भएको छ । 

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सञ्चालन गरेको अभियानलाई सहयोग पु¥याउन यही वैशाख ५ देखि १५ गतेसम्म भर्ना अभियान सञ्चालन गर्न थालिएको अनेरास्ववियुका महासचिव ऐन महरले जानकारी दिए । 

अभियान सञ्चालन गर्नका लागि अनेरास्ववियुका उपाध्यक्ष सुनिता बरालको संयोजकत्वमा आठ सदस्यीय एक समिति गठन गरिएको छ । 

सरकारले सरकारले ‘सबैको इच्छा, अनिवार्य आधारभूत निःशुल्क शिक्षा’ मूल नाराका साथ वैशाख १ गतेदेखि सामुदायिक विद्यालय बाहिर रहेका बालबालिकालाई विद्यालय पुर्याउनका लागि भर्ना अभियान सञ्चालन गरेको हो । 

अभियानअन्तर्गत अनेरास्ववियुका केन्द्रीय कमिटी, प्रदेश कमिटी, जिल्ला कमिटी, विश्वविद्यालय कमिटीका प्रत्येक सदस्यले एकजना विद्यार्थी अनिवार्य भर्ना गराउनुपर्ने महासचिव महरले बताए । 

यस्तै देशभरिका उच्चमाध्यमिक, माध्यमिक र स्थानीय कमिटीले पनि एक–एक विद्यार्थी सामुदायिक विद्यालयमा भर्ना गराउने भएका छन् । 

संयोजक बरालले विद्यार्थी भर्ना गर्न केन्द्रीय कमिटीका सदस्य बुधबारबाटै जाने बताइन्  । 

अझै पनि प्राथमिक तहमा २.८ प्रतिशत र आधारभूत तहमा ७.७ प्रतिशत विद्यार्थी विद्यालय बाहिर छन् । 
 

सम्बन्धित समाचार

अखिलका एक सदस्यले एक विद्यार्थी भर्ना गराउने

काठमाडौँ ।  नेकपा (एमाले) निकट अनेरास्ववियु सामुदायिक विद्यालयमा एक विद्यार्थी भर्ना गराउने अभियान सञ्चालन गर्ने भएको छ ।  शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सञ्चालन गरेको अभियानलाई सहयोग पु¥याउन यही वैशाख ५ देखि १५

प्रहरी र विद्यार्थी झडप : अखिल उपाध्यक्ष र महासचिव घाइते

काठमाडौँ ।  प्रतिनिधिसभाको समानुपातिकतर्फको मतपरिणाम सार्वजनिक गर्न र पेट्रोलियम पदार्थको मूल्य वृद्धि फिर्ता गर्न माग गर्दै आज गरिएको प्रदर्शनमा विद्यार्थी र प्रहरीबीच झडप भएको छ ।  अनेरास्ववियुले आज दिउँसो गरेको विरोध प्रदर्शनमा प्रधानमन्त्री

त्रिचन्द्र क्याम्पस अगाडी एमालेको भातृसंगठन अनेरास्ववियूको प्रदर्शनमा झडप

काठमाडौँ । नेकपा एमालेको भातृसंगठन अनेरास्ववियूले पेट्रोलियम पदार्थको मुल्य वृद्धिको फिर्ताको माग गर्दै प्रदर्शन गरेका छन् । प्रदर्शनका क्रममा राजधानीको त्रिचन्द्र क्याम्पस नजिकै झडप भएको हो । प्रहरीले विद्यार्थीहरुले ढुङ्गा प्रहार

वाम विद्यार्थी परिचालन कमिटी गठन

काठमाडौँ । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन र अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनको आज बसेको संयुक्त बैठकले ११ हजार ११ सदस्यीय वाम विद्यार्थी परिचालन कमिटी गठन गरेको छ