सिरियाको डुमामा अन्तर्राष्ट्रिय अनुगमनकर्तालाई पहूँच दिइने

खरीबोट
ad

अंकारा ।  संयुक्त राष्ट्रसंघ तथा पश्चिमा राष्ट्रहरु समेतले सिरियाका विभिन्न स्थानमा रासायनिक पदार्थहरु मिसिएको घातक हतियारबाट भएका हमलाहरुको अध्ययनका लागि यस्ता शस्त्रहरु राखिएका भनिएका स्थानको भ्रमण गर्न सिरिया र रुसले अनुमति दिने भएका छन् । 

ती स्थानको भ्रमण र अवलोकनका लागि रुस र सिरियाले अन्तर्राष्ट्रिय अनुगमनकर्ता तथा विज्ञहरूलाई पनि पहूँच दिने जनाएको समाचारमा उल्लेख गरिएको छ । 

यसरी ती स्थानमा रुस र सिरियाले वास्तविकता लुकाउने प्रयास गरिरहेको विदेशी अनुगमनकर्ताहरूले जनाएका छन् । सिरियाली सरकारी सेनाले डुमामा गराएको हमलाको विषयमा सूचना संकलन गर्नबाट रोकिरहेको यसअघि बताइएको थियो । 

यसअघि अमेरिका र उसको गठबन्धनका सदस्य राष्ट्रहरुले ती हतियारहरुको प्रयोग गरिएका भनिएका स्थलहरुमा सिरियाली सेनाले नै प्रमाणहरू नष्ट गरिरहेको अमेरिकी अधिकारीहरुले जनाएका छन् । 

डुमामा जानका लागि भन्दै शनिवार नै सिरिया पुगेका अन्तर्राष्ट्रिय विज्ञहरुलाई नमुना संकलन गर्न जानबाट सरकारले रोकेको थियो । 

यस घटनाको अन्तर्राष्ट्रिय रुपमा नै विरोध गरिएको छ । विरोधस्वरुप ती विदेशी विज्ञहरुले सरकारले नै ती क्षेत्रमा जान नदिएको भन्दै पहूँचका लागि सिरिया र रुसी सरकारलाई दबाव दिएका थिए । 

पहूँच नदिइएको भन्नु आरोपमात्र 

यसैबीच अन्तर्राष्ट्रिय रुपमा अनुगमन गरिरहेको अधिकारीहरूलाई सिरियामा रासायनिक हतियार आक्रमणबारे छानविन गर्न गएको समूहलाई रूस र सिरियाले अवरोध गरेको समाचार आधारहीन भएको क्रेमलिनले जनाएको छ । 

रूसप्रति लगाइएका यस्ता आरोपमा कुनै सत्यता नभएको क्रेमलिनले जनाएको छ । रूसी राष्ट्रपति भ्लादिमिर पुटिनका प्रवक्ता दिमित्री पेस्कोभले पनि उक्त आरोपको खण्डन गरेका छन्  । उनले सिरियामा रासायनिक आक्रमण भएको भनिएको घटनाको पूर्वाग्रहरहित अनुसन्धानको पक्षमा रुस रहेको उनको भनाई छ । 

रूस र सिरियाले रासायनिक हतियार निवारण सम्बन्धी अन्तर्राष्ट्रिय संगठन (ओपिसीडब्लु) ले खटाएका हतियार विज्ञ सदस्यलाई सिरियाको डुमामा प्रवेश गर्न अवरोध गरेको बेलायतले जनाएको थियो । 

यही अप्रिल ७ मा भएको भनिएको उक्त आक्रमणमा रूसबाट समर्थन प्राप्त सिरियाली राष्ट्रपति वसर अल–असदको प्रशासनले क्लोरिन र सारिन नामक विषाक्त ग्यास हमला गरेको र त्यसमा परी कम्तमिा पनि ४० जना विद्रोहीको मृत्यु भएको थियो । 

सम्बन्धित समाचार

शंकास्पद रूसी हवाई आक्रमणबाट सिरियामा मृत्यु हुनेको सङ्ख्या ४४ पुग्यो

बेरुत । विद्रोहीको नियन्त्रणमा रहेको सिरियाको उत्तरपश्चिमी क्षेत्रमा भएको हवाई आक्रमणमा परी जनाको मृत्यु हुनेको सङ्ख्या ४४ पुगेकोे छ । आक्रमणमा कैयौँ नागरिक सख्त घाइते भएको बताउँदै मृतक सङ्ख्यामा केही वृद्धि

युद्धको चपेटामा सिरियाली बालबालिका र महिला : लुटियो खुसी, धमिलियो भविष्य !

गत मे २९ मा उत्तरी सिरियाको अल बाबमा रहेको स्क्वालिड क्याम्पमा सानो नानी बोक्दै एक महिला । आफ्नै देशमा विस्थापित हुनुपरेपछि उक्त टर्की नियन्त्रित क्षेत्रको जनसंख्या केही हप्तामै दोब्बर हुनपुगेको छ

रुसी हेलिकोप्टर सिरियामा दुर्घटना, दुई चालकको मृत्यु

मस्को ।  रुसको एक हेलिकोप्टर सिरियामा दुर्घटनाग्रस्त भएको समाचार छ । सोमबार साँझ भएको सो दुर्घटनामा परी उक्त हेलिकोप्टरका दुई जना चालकको ज्यान गएको बताइएको छ ।  रुसी रक्षा मन्त्रालयले विज्ञप्ति प्रकाशन गरी

सिरिया :  अ डेष्ट्रोयड नेसन !

केही दिनअघि सरकारी सेनाले गरेको भनिएको केमिकल आक्रमण भएको डाउमा सहरमा भग्नावशेषमा परिवर्तन भएको भवननजिकै उभिएका मानिसहरु । यो सहर राजधानी दमास्कस नजिकै पर्छ । सिरियाली सेनाले डाउमा सहर आफ्नो