फौजदारी अभियोगमा सांसदको पद स्वतः निलम्बन हुने व्यवस्था गरिँदै

खरीबोट

काठमाडौँ । प्रतिनिधिसभा नियमावली मस्यौदा समितिले फौजदारी अभियोगमा सांसदलाई मुद्दा लागेमा वा पुर्पक्षका लागि थुनामा राखिएमा सांसद पद स्वतः निलम्बन हुने व्यवस्था नियमावलीमा राख्ने गृहकार्य गरिरहेको छ ।

रिपोर्टर्स क्लब नेपालले आज आयोजना गरेको साक्षात्कारमा समितिका संयोजक कृष्णभक्त पोखरेलले विगतमा मुद्दा लागिसकेर कारागारमै रहे पनि सांसद पद रहिरहने नभई अन्तिम फैसला नभएसम्म स्वतः निलम्बन हुने व्यवस्था गर्न लागिएको बताए ।

फैसलाले सांसद निर्दोष ठहरिए निलम्बन फुकुवा हुने र दोषी ठहरिए पदमुक्त हुने व्यवस्था गर्न लागिएको बताउँदै उहाँले सांसद पदमुक्त भएका खण्डमा उक्त निर्वाचन क्षेत्रमा पुनःनिर्वाचन गराएर पदपूर्ति गर्ने व्यवस्था राख्न लागिएको जानकारी दिए ।

संयोजक पोखरेलका अनुसार अब बन्ने नियमावलीले महिनाको दुई पटक प्रधानमन्त्रीलाई संसदमा उपस्थित गराएर सांसदले सोधेका प्रश्नको जवाफ दिनुपर्ने व्यवस्था गर्नेछ । सांसदले विशेष र शून्य समयमा उठाएका प्रश्नको जवाफ सम्बन्धित मन्त्रीले दिनुपर्ने व्यवस्था पनि नियमावलीमा राख्न लागिएको छ ।

विगतमा धेरै समिति बनाइए पनि प्रभावकारी रुपमा काम गर्न नसकेका कारण अब घटाएर १० मात्रै समिति बनाउने विषयमा प्रतिपक्ष दलसहितसँग सहमति भएको संयोजक पोखरेलले बताए ।

तेह्र सदस्यीय समितिका अन्य सदस्यमा जुलीकुमारी महतो, दिलेन्द्रप्रसाद बडू, देवप्रसाद गुरुङ, प्रेम सुवाल, वृजेशकुमार गुप्ता, डा मीनेन्द्र रिजाल, रवीन्द्रप्रसाद अधिकारी, रेखा शर्मा, लक्ष्मणलाल कर्ण, डा विन्दा पाण्डे र विमलप्रसाद श्रीवास्तव रहेका छन् ।  

सम्बन्धित समाचार

अमेरिकी संसदलाई सम्बोधन गर्दै फ्रान्सका राष्ट्रपति म्याक्रोनद्वारा ट्रम्पको राष्ट्रवादको आलोचना 

वाशिंटन । अमेरिकाको भ्रमणमा रहेका फ्रान्सका राष्ट्रपति इमेन्युल म्याक्रोनले अमेरिकी संयुक्त संसदलाई सम्बोधन गर्दै ट्रम्पले अङ्गीकार गरेको राष्ट्रवादको आलोचना गरेका छन् । अमरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भेटवार्ता पछि अमेरिकी संसदको संयुक्त

प्रदेश प्रमुख कोइरालाद्वारा संसद्मा सम्बोधन

हेटौँडा । प्रदेश नं ३ का प्रदेश प्रमुख अनुराधा कोइरालाले देश र प्रदेशको विकासका लागि विभाजित नभई अघि बढ्नुको विकल्प नरहेको बताएकी छन् ।  आज प्रदेशसभा बैठकलाई सम्बोधन गर्दै प्रदेश प्रमुख

काँग्रेसको प्रतिनिधिसभा संसदीय दलको सचेतकमा पुष्पा भुसाल

काठमाडौँ ।  नेपाली काँग्रेस प्रतिनिधिसभा संसदीय दलको सचेतकमा पुष्पा भुसाल गौतम मनोनयन भएकी छन् ।  काँग्रेस सभापति तथा संसदीय दलका नेता शेरबहादुर देउवाले बुधबार भुसाललाई सचेतकमा मनोनयन गरेको  संसदीय दलका नेता

एमाले संसदीय दलको उपनेतामा नेम्बाङ र प्रमुख सचेतकमा अधिकारी

काठमाडौँ । पुर्वसभामुख सुवासचन्द्र नेम्बाङलाई नेकपा एमालेले संसदीय दलको उपनेता बनाएको छ । एमाले अध्यक्ष तथा संसदीय दलका नेता केपी शर्मा ओलीको अध्यक्षतामा बसेको बैठकले संविधानसभाका पूर्व अध्यक्ष तथा सभामुखसमेत रहेका