• २०८१ बैशाख ७ शुक्रबार

आइसीसीको निलम्बन फुकाउन आवश्यक लचकताका साथ प्रस्तुत हुन्छौ – निलम्बित क्यान 

kharibot

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) को निर्वाचित कमिटीले आइसीसीको निलम्बन फुकुवा गर्नका लागि अहिलेको विधान संशोधन गर्न आवश्यक लचकताका साथ प्रस्तुत हुने बताएको छ ।

मंगलबार आयोजित पत्रकार सम्मेलनमा क्यानको निर्वाचित कमिटीले निलम्बन फुकुवा भइ नेपाली क्रिकेटले निकास पाउने अवस्थामा आफूहरु लचकताका साथ प्रस्तुत हुने बताएको हो ।

वर्तमान विधानका केही व्यवस्थाहरुमा संसोधन गरी अघि बढ्दा निलम्बन फुकुवा भई क्रिकेटले निकास पाउने अवस्थामा नेपाल क्रिकेट संघ आवश्यक लचकताका साथ प्रस्तुत हुने कुरा विश्वास दिलाउन चाहन्छौं’ सम्मेलनमा वितरित विज्ञप्तिमा उल्लेख गरिएको छ ।

निर्वाचित क्यानले नेपालको निलम्बन फुकुवा गर्नका लागि सम्बन्धित सबै पक्ष जिम्मेवारीसाथ प्रस्तुत हुनुपर्ने पनि बताएको छ ।

‘नेपालको निलम्बन फकुवा भई क्रिकेट अघि बढ्ने कुरामा सबैको सहयोग र समर्थन रहने एवं सम्बन्धित पक्ष अत्यन्तै जिम्मेवारीका साथ प्रस्तुत हुनेछन् भन्ने आशा एवं विश्वास व्यक्त गर्दछौं ‘ विज्ञप्तिमा भनिएको छ ।

क्यानले आफूहरु सँधै विधि र प्रक्रियाको पक्षमा रहेको बताउँदै आगामी दिनमा पनि नेपाली क्रिकेट विधि र प्रक्रियामा चलोस् भन्ने सुनिश्चिततामात्र खोजेको बताएको छ ।

क्यानको विशेष साधारणसभा आईसीसीका प्रतिनिधिहरुको समेत उपस्थितिमा यहि वैशाख ६ र ७ गते हुँदैछ । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै