कर्णाली प्रदेश मन्त्रिपरिषद बैठक : पाँच विधेयक तर्जुमाका लागि स्वीकृती

खरीबोट

सुर्खेत ।  कर्णाली प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेशस्तरका सार्वजनिक लिखत प्रमाणीकरण कार्यविधिसम्बन्धी विधेयक २०७५ तर्जुमाका लागि आन्तरिक मामिला तथा कानून मन्त्रालयलाई सैद्धान्तिक स्वीकृति दिने निर्णय गरेको छ । 

बैठकले प्रदेशसभाका पदाधिकारी तथा सदस्यको सेवासुविधासम्बन्धी व्यवस्था गर्न बनेको विधेयक २०७५ मा केही सुझावसहित र कर्णाली प्रदेशका गाउँसभा र नगरसभाको कानून निर्माण प्रक्रियासम्बन्धी विधेयक २०७५ तर्जुमा गर्न सोही मन्त्रालयलाई सैद्धान्तिक स्वीकृति दिने निर्णय गरेको सरकारका प्रवक्ता विमला केसीले बताए । 

बैठकले सञ्चित कोष सञ्चालन नियमावली २०७५ पारित गर्नाका साथै कर्णाली प्रदेश आकस्मिक कोष विधेयक २०७५को मस्यौदा स्वीकृत गरेको भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री केसीले जानकारी दिए । 

सम्बन्धित समाचार

कर्णाली प्रदेश सरकारको नीति तथा कार्यक्रम स्वीकृत

सुर्खेत ।  कर्णाली प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले सरकारको नीति तथा कार्यक्रम स्वीकृत गरी प्रदेशसभामा पेश गर्न स्वीकृति दिने निर्णय गरेको छ ।  शनिबार बसेको बैठकले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले प्रस्ताव गरेको नीति तथा कार्यक्रम

कर्णाली प्रदेश मन्त्रिपरिषद बैठक : पाँच विधेयक तर्जुमाका लागि स्वीकृती

सुर्खेत ।  कर्णाली प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेशस्तरका सार्वजनिक लिखत प्रमाणीकरण कार्यविधिसम्बन्धी विधेयक २०७५ तर्जुमाका लागि आन्तरिक मामिला तथा कानून मन्त्रालयलाई सैद्धान्तिक स्वीकृति दिने निर्णय गरेको छ ।  बैठकले प्रदेशसभाका पदाधिकारी तथा सदस्यको

कर्णाली प्रदेश सरकारद्वारा नयाँ मर्यादाक्रम तोक्न माग

सुर्खेत । कर्णाली प्रदेशसभाका सदस्यले केन्द्रीय सरकारसँग नयाँ मर्यादाक्रम तोक्न माग गरेका छन् ।  प्रदेशसभाको आजको बैठकमा सदस्यले हालै सार्वजनिक गरिएको मर्यादाक्रम वैज्ञानिक नभएको जनाई तत्काल सच्याउन माग गरेका हुन् । बैठकको

एनआईसी एशिया बैंकद्वारा कर्णाली प्रदेशका ८ जना जेहेन्दार विद्यार्थीहरुलाई छात्रवृत्ति वितरण

काठमाडौँ । एनआईसी एशिया बैंकले कर्णाली प्रदेशका ८ जना जेहेन्दार विद्यार्थीहरुलाई रू २ लाख रकम  छात्रवृत्ति वितरण गरेको छ ।  उक्त छात्रवृत्ति विद्यार्थीहरुको आगामी दिनको अध्ययनका लागि सहजता होस् भन्ने उद्देश्यले